• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

किन जाँदैछन् प्रधानमन्त्री ओली चीन ? भारतमा भन्दा पहिला मोदीलाई चीनमै भेट्‌ने, सीसँग छलफल गर्ने

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण २९, बिहीबार ११:४७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणभन्दा पहिला चीन जाने भएका छन् । शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते चीन जान लागेका हुन् ।

    चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्‌घाटन गर्ने उक्त कार्यक्रम भदौ १५ र १६ गते (अगष्ट ३१ र सेप्टेम्बर १) मा बेइजिङमा हुनेछ ।

    उक्त सम्मेलनमा नेपालबाट उच्चस्तरीय सहभागिता हुन लागेको यो पहिलोपटक हो ।

    क्षेत्रीय स्थिरता प्रवर्द्धन गर्ने उद्देश्यले सन्‌ २००१ मा स्थापना भएको एससीओमा हाल बेलारुस, चीन, भारत, इरान, काजाकिस्तान, कीर्गिस्तान, पाकिस्तान, रूस, ताजिकिस्तान र उज्बेकिस्तान गरी १० देशहरू छन् ।

    एसओसीमा नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, अर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेयिबा र युएईसहित १४ देशहरू संवाद साझेदार हुन् ।

    उक्त सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी हुँदैछन् ।

    पछिल्लो समय भारतले रूससँग व्यापार गरेको भन्दै अमेरिकाले कर बढाएको थियो । त्यसलगत्तै मोदी चीन गएका थिए । चीन गएपछि भारत र चीनको सम्बन्ध सुधार भएको राजनीतिक वृत्तमा चर्चा सुरू भको थियो । मोदी पनि उकत कार्यक्रममा सहभागी हुने भएपछि चीनले मोदीको सहभागीतालाई उच्च प्राथमिकतामा राखेको छ ।

    प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नेछन् ।

    Post Views: 324
    • केपी शर्मा ओली
    • नरेन्द्र मोदी
    • शांघाई सहयोग संगठन (एससीओ)
    • सी जिनपिङ
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.