• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

बागलुङ र पर्वतमा चक्लाबन्दी गरेर व्यवसायिक फलफूल खेती

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण २८, बुधबार १३:०४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    ढोरपाटन (बागलुङ)- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइमार्फत बागलुङ र पर्वतका विभिन्न स्थानमा ९९.५ हेक्टर जग्गा चक्लाबन्दी गरी व्यावसायिक रुपमा फलफूल तथा सागसब्जीखेती थालिएको छ ।

    परियोजना एकाइका प्रमुख नारायण पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि कृषक समूह र कृषि सहकारीमार्फत किसानलाई जोडेर व्यावसायिक खेतीतर्फ आकर्षित गर्न चक्लाबन्दी गरिएको हो । जग्गा चक्लाबन्दी गरेपछि गाउँका खाली जमिनको उपयोग भएको छ ।

    चक्लाबन्दी भएको जमिनमध्ये रु एक करोड लगानी गरेर सात हेक्टरमा सुन्तला,१२ हेक्टरमा ओखर, २० हेक्टरमा सागसब्जी, १२.५ हेक्टरमा कागती, २७ हेक्टरमा स्याउ र ११ हेक्टरमा किबीका बिरुवा लगाइएको प्रमुख पौडेलले बताए ।

    उक्त कार्यालयले ढोरपाटन नगरपालिका–९ नवी गाउँमा जग्गा चक्लाबन्दी गरी स्याउखेती सुरु गरेको छ । गत आवमा दुई सय ८० रोपनी चक्लाबन्दी गरी रेड, गोल्डेन, रोयल डेलिसियस जातका स्याउका बिरुवा लगाइएका छन्।

    नवी गाउँका किसान नन्दे सुनारले यस क्षेत्रमा आफूहरूले झण्डै दुई दशक अगाडिदेखि स्याउखेती गर्दै आए पनि प्रशस्त लाभ लिन नसकेको बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउखेतीका निम्ति प्रेरित गरेपछि किसान उत्साहित भएका उनले बताए ।

    Post Views: 202
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.