• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

नेतान्याहु सरकारले २६२ गोहीको गोली हानेर हत्या गरे पछि पर्यावरणविरूद्धको आपत्ति

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण २८, बुधबार ०९:५२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    तेल अहिव- इजरायली सेनाले ओगटेको वेस्ट बैंकको अवैध बस्ती पेट्जेल नजिकैको फार्ममा २६२ गोही मारेका छन्।

    साक्षीहरूलाई उद्धृत गर्दै मिडल इस्ट आईमा प्रकाशित रिपोर्ट अनुसार सेनाले ‘किलिंग भ्याली’ बनाएर निर्दोष गोहीहरूलाई गोली हानेको हुन । मिडिया रिपोर्टका अनुसार फार्ममा करिब ८०० गोही थिए ।

    समाचारका अनुसार सेनाले पहिले तालको पानी खाली गरेको थियो, त्यसपछि सयौं गोहीलाई गोली हानेर मारियो र ट्रकमा शव भरिदियो । यो फार्म कुनै समय लोकप्रिय पर्यटक गन्तव्य थियो र गोहीको छालाको व्यापार पनि यहाँबाट हुन्थ्यो । सन् २००० मा करिब ३ हजार गोही यहाँ ल्याइएको थियो।

    वेस्ट बैंकमा इजरायली सेनाको प्रशासनिक एकाई रहेको सिभिल एडमिनिस्ट्रेशनले फार्मको उचित मर्मतसम्भार नभएकाले यी गोहीहरू जनताका लागि खतरा भएको बताएको छ। नाइल गोहीलाई सन् २०१३ देखि इजरायलमा संरक्षित प्रजाति घोषणा गरिएको छ। फार्म १९९० मा निर्माण गरिएको थियो र सन २००० देखी २००५ सम्मा को दोस्रो इन्फादाको समयमा पर्यटकहरूको लागि बन्द गरिएको थियो।

    गत हप्ता जब सैनिकहरू गोही मार्न पुगे, उनीहरूले त्यहाँ पहिले नै मरेका गोहीहरू पनि भेट्टाएका थिए। नागरिक प्रशासनका अनुसार गोहीहरू दयनीय अवस्थामा बसेका र खाना कम भएकाले एकअर्कालाई आक्रमण गरी खान थालेको विज्ञहरूले बताएका छन् ।

    मिडल इस्ट आईका अनुसार फार्मका मालिक बिटानले क्षेत्र सुरक्षित गर्न अस्वीकार गरेका थिए, जसलाई सुरक्षा अधिकारीहरूले नजिकैको बस्तीमा गम्भीर खतराको रूपमा वर्णन गरेका थिए। जानकारीका अनुसार नाइल गोहीलाई सन् २०१३ मा संरक्षित प्रजाति घोषणा गर्नुअघि बिटानले पैसाको लागि गोहीलाई कुटपिटसमेत गर्थे ।

    नयाँ कानुन परिर्वतन भएपछि सयौं गोही उनीसँगै रहन पुग्यो । अधिकारीहरूले दावी गरे कि जब बिटनले उनीहरूबाट पैसा कमाउने बाटो फेला पारेनन्, उनले उनीहरूको हेरचाह गर्न नै छाडेका थिए । तर, नागरिक प्रशासनले अरु कुनै समाधान खोज्न सहयोग नगरेको बिटान बताउँछन् ।

    खासमा उनीहरुले मोरक्कोको टुरिष्ट पार्कमा गोही पठाउने सम्झौता गरेका थिए तर युद्धका कारण यो रोकिन पुगेको थियो । पछिल्लो समय अर्को देशसँग वार्ता भइरहेको भए पनि सहमति हुन नपाउँदै नागरिक प्रशासनले फार्ममा प्रवेश गरी गोही मारेको उनको आरोप छ ।

    तर, पर्याबरण विरूद्धहरूले नेतान्याहु सरकारको यो कदमको कडा रूपमा निन्दा गरेका छन् । ‘स्थान्तरणको सम्भावना र विकल्प हुँदाहुँदै पनि संरक्षित सुचीमा रहेका नाइल गोहीहरूको हत्या गर्नु अन्तराष्ट्रिय कानुनको उलङघन हो, यो उनको निर्दयीपनाको परकाष्ठा हो,’ पर्याबरणविरूद्ध एलिजाबेथ मार्गरेटले भनिन । अब उनीहरूको चासो बाँकी रहेका गोहीको जीवन रक्षा गर्नुमा केन्द्रित रहनेछ ।

    Post Views: 212
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.