• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

नयाँ संसद भवनमा विगतका कमजोरी दोहोरिन नदिने गरी मन्त्रालयले काम गरिररहेको छः कार्यवाहक प्रधानमन्त्री सिंह

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण २३, शुक्रबार १४:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारभित्र निर्माणाधीन सङ्घीय संसद् भवनको काममा विगतका कमीकमजोरी दोहोरिन नदिने गरी काम भइरहेको बताएका छन् ।

    सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा आज भएको छलफलका क्रममा कार्यवाहक प्रधानमन्त्री सिंहले समयमै काम सक्न निर्माणमा संलग्न व्यवसायीलाई निर्देशन दिए ।

    समितिका सदस्यहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै कार्यवाहक प्रधानमन्त्री सिंहले नयाँ संसद् भवन निर्माणको काममा लापरवाही गर्ने सरोकारवाला निकायको पटक–पटक ध्यानाकर्षण गराइएको जानकारी दिए । थप गरिएको अवधिभित्रै काम सक्ने गरी विश्वसनीय कार्ययोजनाअनुसार अहिले काम भइरहेको र सो कार्यको मन्त्रालय तथा विभागबाट अनुगमन भइरहेको उनले बताए ।

    “नयाँ संसद् भवनको काम समयमै नसकिएकोबारे सबै जानकार छौं । तोकिएको समयमा काम नगर्नेमाथि मन्त्रालयले कडाइ गरिरहेको छ । काम भइरहेको छ । संसद् भवनको काम पनि कार्यतालिका बनाएर अघि बढेको छ । सरकारले विगतका कमी, कमजोरीलाई नियालेर उक्त कमजोरी अब दोहोरिन नदिने गरी काम गरिररहेको छ,” उनले भने । काम समयमै सक्न मन्त्रालयदेखि सम्बन्धित इञ्जिनीयर, महानिर्देशक र आयोजना प्रमुखलाईसमेत बोलाएर निर्देशन दिइसकेको कार्यवाहक प्रधानमन्त्री सिंहले बताए ।

    मन्त्रालयका सचिव गोपाल सिग्देलले गत वर्ष पुस दोस्रो साता सम्पन्न गर्नेगरी कार्यतालिका बनाएर काम भइरहेको जानकारी दिए । आउने अधिवेशन नयाँ संसद् भवनबाटै सञ्चालन गर्ने गरी काम भइरहेको उल्लेख गर्दै उनले तालिकाअनुसार काम अघि बढ्नेमा आफू विश्वस्त रहेको बताए । समितिका सदस्यहरुले आउने अधिवेशन नयाँ संसद् भवनबाट सञ्चालन गर्ने गरी काम सक्नुपर्नेमा जोड दिए ।

    Post Views: 230
    • प्रकाशमान सिंह
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.