• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

भेनेजुएलाका राष्ट्रपति मादुरोलाई लागूपदार्थ तस्करीको आरोप, पक्राउ गर्नेलाई अमेरिकाले ५० लाख डलर दिने

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण २३, शुक्रबार ११:०२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    वासिंगटन डिसी- अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्नेलाई ५० लाख डलर पुरस्कार घोषणा गरेको छ ।

    विश्वको सबैभन्दा ठूलो लागुऔषध तस्करहरूमध्ये एक भएको आरोप लगाउँदै अमेरिकाले उनलाई पक्राउ गर्ने जानकारी दिनेलाई दोब्बर बढाएर ५० मिलियन डलर पुरस्कार दिने घोषणा गरेको हो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मादुरोको लामो समयदेखि आलोचक हुन्, जो जनवरीमा मतदानमा धाँधलीको आरोपले बिग्रिएको चुनावपछि पुनः कार्यालयमा फर्केका थिए । भेनुजुएलाको सो मत परिणामलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा अस्वीकार गरेको थियो ।

    महान्यायाधिवक्ता पाम बोन्डीले भने कि अमेरिकाले पहिले नै घोषणा गरेको २५ मिलियन डलरको पुरस्कार दोब्बर हुनेछ । राष्ट्रपति मादुरो प्रत्यक्ष रूपमा लागूपदार्थको तस्करी कार्यमा संलग्न रहेको उनको दावी छ।

    बिहीबार एक्समामा पोष्ट गरिएको भिडियोमा बोन्डीले मादुरोलाई ट्रेन डे अरागुआ, भेनेजुएलाको यो गिरोह, जसलाई ट्रम्प प्रशासनले आतंकवादी संगठन घोषणा गरेको छ र मेक्सिकोमा रहेको शक्तिशाली आपराधिक नेटवर्क सिनालोआ कार्टेलजस्ता समूहहरूसँग समन्वय गरेको आरोप लगाए।

    उनले युएस ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशनले ‘मदुरो र उनका सहयोगीहरूसँग जोडिएको ३० टन कोकेन जफत गरेको र झण्डै सात टन मादुरो आफैंसँग जोडिएको’ दाबी गरेका छन । तर, मदुरोले यसअघि पनि लागुऔषध तस्करीमा आफ्नो प्रत्यक्ष संलग्नता रहेको अमेरिकी दाबीलाई अस्वीकार गर्दै आएका छन् ।

    भेनेजुएला सरकारले बोन्डीको टिप्पणीलाई सार्वजनिक रूपमा प्रतिक्रिया दिएको छैन तर मादुरोले पहिले त्यस्ता दावीहरूलाई अस्वीकार गरिसकेका छन्।

    Post Views: 264
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.