• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

१५ करोडमा बनेको एनिमेटेड फिल्म ‘महावतार नरसिंह’ सय करोड क्लबमा

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण २२, बिहीबार १२:५६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    मुम्बई- एनिमेटेड फिल्म महावतार नरसिंह रिलिज हुँदा धेरैलाई यो फिल्मको बारेमा धेरै थाहा पनि थिएन । यस फिल्मको बारेमा कुनै चर्चा थिएन तर माउथ पब्लिसिटीले यो फिल्मलाई १०० करोड क्लबमा पुर्‍याएको छ।

    यसले बलिउडका ठूला फिल्महरूलाई पछाडि छाडेको छ र यसको बक्स अफिस कलेक्सन रोकिने वाला देखिएको छैन्। विशेष कुरा के छ भने फिल्मले साताका दिनमा पनि राम्रो कमाइ गरिरहेको छ । जसका कारण १०० करोड क्लबमा सामेल हुन १२ दिन मात्र लागेको थियो ।

    होम्बले फिल्म्सको ब्यानरमा बनेको महावतार नरसिंहा गत जुलाई  २५ मा हलमा रिलिज भएको थियो । त्यतिबेला सिनेमा हलमा ‘सायरा’ को चहलपहल थियो, त्यसैले ‘महावतार नरसिंहा’ले यति ठूलो कलेक्सन गर्छ भनेर कसैले सोचेका थिएनन् ।

    महावतार नरसिंहलाई समीक्षक र दर्शकले निकै रुचाएका छन् । फिल्मले पहिलो दिनमै कम कमाई थियो तर माउथ पब्लिसिटी पछि त्यसयता बढ्दै गएको छ । सैकनिल्कको प्रारम्भिक प्रतिवेदन अनुसार महावतार नरसिंहाले १२ औँ दिन ७ करोड ७५ लाख संकलन गरेको छ । जस पछि फिल्मको कुल कलेक्सन १०६.०५ करोड पुगेको छ ।

    महावतार नरसिंह जम्मा १५ करोडको बजेटमा बनेको फिल्म हो । अहिले सय करोडभन्दा बढी सङ्कलन भइसकेको छ । यो फिल्मबाट निर्मातालाई धेरै फाइदा भएको छ । यसवाट हैसिएका निर्माताले थप अरू फिल्म बनाउने घोषणा गरेका छन् ।

    निर्माण पक्षले अब महावतार नरसिंह फ्रेन्चाइजका थप ६ वटा चलचित्रको घोषणा गरेको छ । यसको रिलिज मिति पनि सार्वजनिक भएको छ । २०२७ मा ‘महावतार परशुराम’ आउनेछ, त्यसपछि २०२९ मा ‘महावतार रघुनंदन’, २०३१ मा ‘महावतार द्वारकाधीश’, ‘महावतार गोकुलानन्द’ सन् २०३३ मा आउँदैछ र अन्त्यमा २०३५ मा ‘महावतार कल्की पार्ट १’ आउँदैछ । यी फिल्मलाई लिएर निर्माताहरु निकै उत्साहित छन् ।

    Post Views: 329
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.