• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

दुग्धेश्वरनाथको धर्मशाला निर्माण १५ वर्षदेखि अधुरो

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण २२, बिहीबार ११:२७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    वीरगञ्ज (पर्सा)- यहाँको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला निर्माण बजेट अभाव र प्रक्रियागत झन्झटका कारण वर्षौँ देखि अधुरो बनेको छ ।

    विगत १५ वर्षदेखि चन्दा सङ्कलन गरेर धर्मशाला निर्माण गरे पनि पर्याप्त बजेट अभावका कारण निर्माण सम्पन्न हुन सकेको छैन । दुग्धेश्वरनाथ महादेव मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले धर्मशालामा एक हजार बढी भक्तजन बस्न मिल्ने भए पनि आधारभूत पूर्वाधार तयार भइनसकेको बताए ।

    “हामीले चन्दा सङ्कलन गरेर जेनतेन धर्मशालामा दुई तले ढलान गरेका छौँ”, उनले भने, “धर्मशालाका लागि आवश्यक झ्याल, ढोका, शौचालय, प्लाष्टरलगायतका संरचना अहिलेसम्म अधुरै छ ।” राष्ट्रिय निकुञ्जभित्र भएकाले अत्यावश्यक संरचना निर्माण गर्न विभिन्न प्रक्रियागत झन्झटले थप समस्या हुने गरेको उनको भनाइ छ ।

    दुग्धेश्वरनाथ महादेव मेला व्यवस्थापन समितिका अध्यक्ष गेनालाल पटेलले हालसम्म चन्दा सङ्कलन गरेरै धर्मशाला निर्माणमा करिब रु एक करोड ५० लाख भन्दा धेरै रकम खर्च भएको बताए । “धर्मशाला निर्माणमा सरकारी निकायबाट सहयोग पाएका छैनौँ”, उनले भने, “पर्सामा केही समयअघिसम्म सङ्घीय र प्रदेशका पाँच जना मन्त्री भए पनि यहाँको चर्चित धार्मिकस्थलको लागि आवश्यक बजेट प्राप्त भएको छैन ।” अध्यक्ष पटेलले धर्मशाला निर्माण सम्पन्न गर्न अझै करिब रु दुई करोड लाग्ने बताए ।

    पर्सा राष्ट्रिय निकुञ्जभित्रको जङ्गलभित्र चुरेपहाडको डाँडामा दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिर छ । मन्दिरमा साउनभरि मेला लाग्ने गर्छ । यहाँ आउने दशनार्थीमध्ये ७५ प्रतिशत भारतीय र २५ प्रतिशत स्वदेशी हुने गर्छन् ।

    राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले जङ्गली जनावरको जोखिम हुने भएकाले बेलुका ७ बजेपछि मन्दिर जाने सडक बन्द गरिन्छ । बिहान ६ बजेपछि सडक खुलाउने गरिन्छ । अन्य सिजनमा यहाँ जान रोक लगाइने गरिन्छ । रासस

    Post Views: 230
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.