• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

विदेशी मोह त्यागेर जसले गरिरहेका छन् २५ रोपनीमा खुर्सानी खेती

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण २२, बिहीबार ११:२७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    भोजपुर- यहाँको पौवादुङमा गाउँपालिका–२ सोसेटारका देउमान राईले व्यावसायिक अकबरे खुर्सानी खेती गरिरहेका छन् । उनले २५ रोपनी क्षेत्रमा खुर्सानी खेती गरेका छन् ।

    आठ वर्षअघिदेखि खुर्सानीखेती गरिरहेका राईले यो वर्ष १७ हजार बोट हारहारीमा खुर्सानी रोपेका छन् । “आफ्नै ठाउँमा केही गरौँ भन्ने लक्ष्यका साथ खुर्सानीखेतीमा लागेको छु”, उनले भने, “यो वर्ष २५ रोपनी क्षेत्रमा खुर्सानी विस्तार गरेको छु ।” युवाहरुमा विदेशप्रतिको मोह बढिरहेको अवस्थामा आफ्नै बारीमा व्यावसायिक रुपमा कृषि कर्म गरिरहेको उनले बताए ।

    व्यावसायिक योजनाका आधारमा पौवादुङमा गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मल्चिङ प्लाष्टिक दिएकाले थप सहज भएको उनको भनाइ छ । उनले फार्ममा दुई जनालाई रोजगारीसमेत दिएका छन् ।

    सडकको पहुँच भएकाले उत्पादन भएको खुर्सानी घरबाटै बिक्री गर्न सकिने उनले बताए । देउमान मात्र नभएर गाउँपालिकाका अन्य सयौँले खुर्सानी खेती गरिरहेका छन् ।

    किसानको व्यावसायिक योजनाका आधारमा आवश्यक सहयोग गरिरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद गरेर यहाँ उत्पादन भएका कृषिउपजको बजारीकरण गरिरहेको उनको भनाइ छ ।

    खुर्सानीखेती विस्तारका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा ७५० किसानलाई रु ७० लाख बढीको मल्चिङ प्लाष्टिकलगायतका कृषि सामग्री वितरण गरेको जनाएको छ । गाउँपालिकाले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै गत वर्ष खुर्सानीबाट रु १८ करोड हाराहारीमा रकम पौवादुङ्मा भित्रिएको उनले जानकारी दिए ।

    यहाँको करिब ५०० हेक्टर क्षेत्रका ८०० किसानले खुर्सानीखेती गरिरहेका छन् । गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईका अनुसार यहाँका किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै ठेकेदारमार्फत धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ ।

    Post Views: 294
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.