• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

तात्यो अनेरास्ववियु सिन्धुपाल्चोक : पाँच बुँदे माग राख्दै सिडिओ बास्तोलालाई बुझायो ज्ञापनपत्र

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण २१, बुधबार १३:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- अनेरास्ववियु सिन्धुपाल्चोकले प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलालाई आज ज्ञापनपत्र बुझाएको छ ।

    सिन्धुपाल्चोकमा सञ्चालनमा रहेका यातायात व्यवसायीहरूले विद्यार्थी, जेष्ठ नागरिक, शारीरिक रूपमा अशक्त तथा अपाङ्ग भएका नागरिकलाई कानुनले व्यवस्था गरेको ४५ प्रतिशत भाडामा सहुलियत कार्यान्वयनमा नआएको भन्दै ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गरेको छ ।

    त्यस्तै अरनिको यातायातले सुकुटेदेखि बाह्रबिसेसम्म क्याम्पस टिप सञ्चालन गर्ने प्रतिबद्धता कार्यान्वयनमा नआएको भन्दै ध्यानाकर्षण गरेको छ ।

    निजी विद्यालयहरूले नियमअनुसार प्रदान गर्नपर्ने छात्रावृत्ति प्रदान गर्न र शिक्षकहरूलाई सरकारले तोकेको न्यूनतम सेवा सुविधा प्रदान गराउनको लागी नियमित निरीक्षण गर्न पनि अनुरोध गरेको छ ।

    वर्षादको समयमा भैपरी आउने विपद्‌ तथा जोखिमबाट क्षति कम गर्नका निमित्त र उद्दार तथा राहत उपलब्ध गराउनका लागि (quick special response team) तयार गर्न अनुरोध गरेको ज्ञापनपत्रमा लेखिएको छ ।

    नदी दोहनको कारणले खोला आसपासका वस्तीहरूमा बाढीलगायतका समस्या आइपरेको स्पस्ट रहेको भन्दै नियम विपरित भइरहेको नदी दोहन निरीक्षण गरेर कारबाहीको दायरामा ल्याउन माग गरेको संगठनका इन्चार्ज चरि बहादुर तामाङले बताए ।

    पछिल्लो समय तामाङले इञ्चार्ज सम्हालेपछि अनेरास्ववियुले गति लिन थालेको छ । अनेरास्ववियुले जिल्लामा संगठन सुदृढीकरण अभियान सञ्चालन गर्दै आएको छ । विगतमा तेस्रो स्थानमा रहेको संगठन यसपटकको स्ववियु निर्वाचनबाट पहिलो संगठन बनेको छ । शैक्षिक संस्थामा प्रारम्भिक कमिटी गठन पुर्नगठन बैठक भेला प्रशिक्षण गरिरहेको छ ।

    Post Views: 261
    • अनेरास्ववियु
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.