• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

नेपालस्थित बंगलादेश दूतावासले विशेष कार्यक्रम गरि मनायाे ´जुलाई अपराइजिङ डे’

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण २०, मंगलवार २०:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं- नेपालस्थित बंगलादेश दूतावासले मंगलबार काठमाडौंमा विशेष कार्यक्रम गरी `जुलाई अपराइजिङ डे’ मनाएकाे छ ।

    आजभन्दा ५३ वर्ष अगाडि बंगलादेशमा भएको जनविद्रोहको स्मरणमा `जुलाई अपराइजिङ डे’ अर्थात् जुलाई जनविद्रोह दिवस मनाइएकाे हाे । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङ प्रमुख अतिथि हुनुहुन्थ्यो ।

    गुरुङले दिवसकाे शुभकामना दिँदै बंगलादेशको लोकतन्त्रतर्फको परिवर्तनशील यात्रामा नेपालबाट पूर्ण सहयोग र समर्थन रहने बताए । जुलाई जनविद्रोहलाई ‘बंगलादेशी जनताको लोकतन्त्रप्रतिको सामूहिक इच्छाशक्ति’को रूपमा चर्चा गर्दै उनले नयाँ पुस्ताबाट थालनी भएको यो आन्दोलनले ल्याएको ऊर्जा र उत्साह विशेष रहेकाे बताए । ` नेपाल र बंगलादेशबीच व्यापार, लगानी, पर्यटन, सूचना प्रविधि तथा जनस्तरको सम्पर्कजस्ता विभिन्न क्षेत्रहरूमा भइरहेको सहकार्य एवम् आपसी सहयोगलाई अझ सशक्त बनाउनुपर्छ,´ उनले भने ।

    कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले दीर्घकालीन अधिनायकवादी शासनबाट जनतालाई मुक्त गराउने जुलाईका संघर्षकर्ताहरूको योगदान स्मरण गरे । उनले दमन र विभेदविरुद्ध विशेषगरी युवा पुस्ता– जेन जेडको भूमिकाको उच्च प्रशंसा गरेका थिए । उनले साे जनविद्रोहमा विदेशमा रहेका बंगलादेशीहरूले दिएको योगदानको पनि प्रशंसा गरे ।

    राजदूत शफिकुर रहमानले यो जनविद्रोहलाई अवसरको रूपमा चित्रित गर्दै उनले लोकतान्त्रिक र समृद्ध बंगलादेश निर्माणका लागि अन्तरिम सरकारका पहलहरूमा सबै सरोकारवालाहरूले हातेमालो गर्नुपर्ने बताए ।

    कार्यक्रममा बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिन र सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसको सन्देश वाचन गरेर सुनाइएको थियो ।

    कार्यक्रममा जुलाई जनविद्रोहसँग सम्बन्धित एक वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।सन् १९७२ को जुलाई १७ मा ढाका विश्वविद्यालयका विद्यार्थी र श्रमिकहरुले जनजीविकाका सवालमा सरकारविरुद्ध गरेको प्रतिरोधका रूपमा स्थापीत याे दिवसलाई बंगलादेशको एउटा महत्वपूर्ण र ऐतिहासिक दिन मानिन्छ ।

    कार्यक्रममा सार्कका महासचिव मोहमद गोलाम सरवारले बंगलादेश सरकार र नागरिकहरुलाई दिवसको शुभकामना दिएका थिए ।

    कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूतहरू, विशिष्ट व्यापारी, व्यवसायी, चिकित्सक, पेशाकर्मी, नागरिक समाज, पत्रकार लगायत सहभागी थिए । त्यस्तै, सार्क सचिवालय, इसिमोड, युनिसेफलगायत क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी थिए ।

    Post Views: 196
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.