• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

खोलाको दूषित पानी पिउन बाध्य दोमिल्लाका बासिन्दा

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण २०, मंगलवार ११:५३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कञ्चनपुर- जिल्लाको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित कालिका टोलका स्थानीय अहिले पनि खोलाको असुरक्षित पानी उपभोग गर्न बाध्य छन् । यहाँका ५० भन्दा बढी परिवारले खोल्टे खोलाको धमिलो र दूषित पानी पिउँदै आएका हुन् ।

    खानेपानी आयोजना निर्माण थालिए पनि अधुरो रहेकाले स्थानीय बासिन्दाले पिउने पानीको समस्या झेल्दै आएका हुन् । वर्षात्का बेला धमिलो पानी पिउनुपर्ने बाध्यता छ भने वैशाख–जेठमा खोलाको पानी सुक्ने भएकाले पानीका लागि टाढासम्म पुग्नुपर्ने स्थानीय बताउँछन् ।

    करिब तीन किलोमिटर टाढा रहेको खोल्टे खोलाको दूषित पानी पिउँदा स्वास्थ्यमा असर गरिरहेको स्थानीय पार्वती साउदले बताउनुभयो । “खोलाको पानी न सुरक्षित छ, न सधैँ उपलब्ध हुन्छ”, उनले भने, “वैशाख जेठका महिना सुक्ने भएकाले टाढाबाट पानी बोक्नुपर्ने बाध्यता छ ।”

    गाउँमा पानीको ट्याङ्की बनेको एक वर्ष भए पनि अहिलेसम्म धारा जडान हुन नसकेको उहाँले बताउनुभयो । कहिलेकाहीँ खोला नजिकै जनावर मरेको थाहा पाए पनि त्यहीँको पानी पिउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

    खोलाबाट पानी बोकेर ल्याउने झन्झट अन्त्य गर्दै स्थानीय बासिन्दा मिलेर पाइप जडान गरी पानी गाउँसम्म ल्याइएको जनाउँदै जङ्गली हात्तीले पाइप उखेलेर तोडी दिएपछि पुनःखोलाबाटै पानी बोक्नुपर्ने बाध्यता भएको स्थानीय पार्वती साउदले बताए । “हात्तीले पाइप फुटाउँछ, हामी फेरि नयाँ पाइप हाल्छौँ । यसरी खानेपानीको समस्या कहिल्यै समाधान हुन सकेको छैन”, उनले भने ।

    स्थानीयले समस्या समाधानका लागि वडाध्यक्षसम्म गुहार लगाए पनि अहिलेसम्म सुनुवाइ नभएको उनीहरूको गुनासो छ । आर्थिक वर्ष २०७४/७५ देखि निर्माण सुरु भएको दोमिल्ला पहरिया खानेपानी आयोजना हालसम्म अधुरो छ ।

    योजनाका सचिव दामोदर जोशीका अनुसार ट्याङ्की बनेको एक वर्ष भएको छ । हालसम्म चार हजार ९०० मिटर मुख्य पाइपलाइन विस्तार गरिएको छ । यो आयोजना दोमिल्ला, पहरिया र सुन्दरीफाँटा क्षेत्रका एक हजार ५०० घरधुरीलाई खानेपानी आपूर्ति गर्ने लक्ष्यसहित प्रक्रिया अगाडि बढाइएको हो ।

    हालसम्म पाइपलाइन पूर्ण रूपमा बिछ्याइनसकेकाले स्थानीयले अझै पनि खोलाको भरमा दूषित पानी पिउनुपर्ने बाध्यता हटेको छैन ।

    Post Views: 228
    • खानेपानी
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.