काठमाडौं– राजावादी आन्दोलनमा पक्राउ परेका दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।
सोमबार मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंलाई रिहा गर्न उच्च अदालत पाटनले आदेश जारी गरेको हो ।
राजावादीको तीनकुने घटनामा प्रसाईँसँग उच्च अदालतले ३ लाख मात्रै धरौटी माग गरेको छ ।
त्यस्तै बैंकिङ कसुरसम्बन्धी मुद्दामा भने २५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
बैंकिङ कसुरमा उनीविरूद्ध १८ करोड ४४ लाख रूपैयाँ बिगो थियो।







