• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

२० वर्ष लागेर बनेको सलमानको एउटा फिल्म : भयो बक्स अफिसमा सुपरफ्लप

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १९, सोमबार १०:०४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    मुम्बई- यतिबेला सलमान खान आफ्नो आगामी फिल्मलाई लिएर चर्चामा छन् ।

    गलवानको युद्धमा सुपरस्टार सिपाहीको भूमिकामा देखिने छन् । उनका फ्यानहरु उनको यो फिल्मको प्रतिक्षामा छन् । भाइजानको अघिल्लो फिल्म सिकन्दर बक्स अफिसमा नराम्रोसँग फ्लप भएकाे थियो ।

    अहिले सलमान आफ्नो अर्को फिल्मका लागि कडा मेहनत गरिरहेका छन् । तर आज हामी तपाईलाई सुपरस्टारको त्यो फिल्मको बारेमा बताउनेछौँ, जुन बन्न २० वर्ष लागेकाे थियाे तर  रिलिजपछि बक्स अफिसमा नराम्रोसँग फ्लप भयो ।

    सलमान खानका फिल्महरु बारे भनिन्छ कि बक्स अफिसमा फ्लप भएपनि उनीहरु १०० करोड क्लबमा सामेल हुन्छन् । १५ वर्षअघि सलमानको एउटा फिल्म रिलिज भएको थियो । जसमा उनले नयाँ अभिनेत्रीलाई लन्च गरेका थिए तर सिनेमा हलमा रिलिज भए पछि दर्शकले खासै रुचाएनन् । नायिकाले आफ्नो पहिलो फिल्म फ्लप दिने नाम पनि पाएकी छिन् ।

    हामी सन् २०१० मा रिलिज भएको सलमान खानको फिल्म ‘वीर’को कुरा गर्दैछौं। यस फिल्म मार्फत सुपरस्टारले जरिन खानलाई लन्च गरेका थिए, जो कट्रिना कैफको जस्तो देखिन्छिन् । यो फिल्ममा अरु पनि धेरै स्टार थिए र सलमानले यो फिल्मबाट धेरै अपेक्षा गरेका थिए ।

    यस फिल्ममा जरिनलाई देखेर मानिसहरूले उनलाई कट्रिनाको बडी फोटोकपी मानेका थिए। तर यो फिल्म बक्स अफिसमा फ्लप भयो । बलिउड बाहेक जरीनले पञ्जाबी, तेलुगु र तमिल फिल्ममा पनि काम गरिसकेकी छिन् ।

    आईएमडीबीका अनुसार सलमानले फिल्म बन्नुभन्दा २० वर्षअघि वीरको स्क्रिप्ट लेखेका थिए । तर जब यो फिल्म बनेको थियो, बजेट पनि पूरा निकाल्न पनि सकेन । यो फिल्म बनाउन निर्माताले ६३ करोड रुपैयाँ खर्च गरेका थिए । तर, फिल्मले ४६ करोड मात्रै व्यापार गरेको थियो ।

    यस फिल्ममा सलमान खान बाहेक सोहेल खान, मिथुन चक्रवर्ती र ज्याकी श्राफ महत्वपूर्ण भूमिकामा देखिएका थिए । यति मात्र होइन, फिल्ममा सलमानको दोहोरो भूमिका थियो । अन्तमा, जब उनको चरित्रको मृत्यु हुन्छ, उनी फेरि छोराको भूमिकामा देखिएका थिए ।

    Post Views: 243
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.