• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

पुवा खोलामा बेलिब्रिज निर्माण, ३६ किमी दुरी छोटियो

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १७, शनिबार १६:१६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    फिक्कल (इलाम)- इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवा खोलामा बेलिब्रिज निर्माण भएको छ । सो बेलिब्रिज निर्माण पश्चात मेची राजमार्गको विकल्प खुलेको छ ।

    इलाम नगरपालिका–९ र ११ जोड्ने पुवा खोलमा पहिलो पटक बेलिब्रिज निर्माण भएपछि स्थानीय बासिन्दा र झापा–इलाम–पाँचथर–ताप्लेजुङ आवतजावत गर्ने सवारीसाधनका लागि छोटो र सुरक्षित बाटोको विकल्प खुला भएको हो । सागर/सुभारम्भ/एरिसा जेभीले सो बेलिब्रिज निर्माण गरेको हो ।

    पुल नहुँदा विगतमा यात्रीहरुले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो । विशेष गरी वर्षायाममा सडक पूर्णरुपमा बन्द हुने गर्दथ्यो । सङ्घीय सरकारको रु एक करोड ३५ लाखमा बेलिब्रिज निर्माण गरिएको हो । बेलिब्रिज ४८.६ मिटर लम्बाइको भएको सडक डिभिजन इलामका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले बताए ।

    इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चहानले बेलिब्रिज निर्माणसँगै झापा–इलाम सवारी आवागमनमा हसजता आएको बताए । “पहिले हिउँदमा त सडक प्रयोगमा आउँथ्यो, तर वर्षायाममा पूरै बन्द हुने गर्दथ्यो”,, उनले भने, “बेलिब्रिज निर्माणले बाह्रै महिना सवारी आवागमनमा सहज हुने भएको छ ।”

    गतवर्ष पहिरोका कारण दुई साता राजमार्ग बन्द हुँदा यात्रीहरुले ठूलो सास्ती खेपेका थिए । त्यतिबेला वैकल्पिक सडक नहुँदा ताप्लेजुङ, पाँचथर र इलामबाट झापा झरेका यात्रुहरु माईखोला वरिबाट पारीसम्म पैदल र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ आएका यात्री पारीबाट वरिसम्म पैदल हिँडेर गाडी परिवर्तन गरेर गन्तव्यमा पुग्न बाध्य भएका थिए ।

    हाल पुवा खोलामा बेलिब्रिज निर्माण भएसँगै मेची राजमार्गको गोलाखर्क खण्डबाट सिधैँ केचना–कञ्चनजङ्गा सडक प्रयोग गर्दा ४७ किलोमिटरको दुरीमा झापाको विर्तामोड पुग्न सकिन्छ । मेची राजमार्ग प्रयोग गर्दा ८३ किलोमिटर दुरीमा मात्र विर्तामोड पुग्न सकिन्छ ।

    मेची राजमार्गको वैकल्पिक सडकको रुपमा लिइएको सो सडकअन्तर्गत इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बाँकी १७ किलोमिटर खण्डमध्ये १४ किलोमिटर ठेक्का लागेर निर्माण भइरहेको सडक डिभिजन प्रमुख इञ्जिनियर पवन भट्टराईले बताए । रासस

     

    Post Views: 264
    • बेलिब्रिज
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.