• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

लहानमा खानेपानीको चरम अभाव, ट्याङ्कीबाट वितरण सुरु

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १७, शनिबार १२:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सिरहा- यहाँको लहान नगरपालिका–२४ खेसराहा टोलमा खानेपानीको चरम अभाव भएपछि शुक्रबार साँझदेखि ट्याङ्कीबाट पानी वितरण सुरु गरिएको छ ।

    खासगरि उत्तरी भेगका बस्तीमा चापाकल सुकेपछि दैनिक उपभोगका लागि पानीको अभाव भोगिरहेका स्थानीयलाई लक्षित गर्दै बोलेरोमा पानीको ट्याङ्की बोकेर गाउँमै पुर्‍याएर वितरण गर्न थालिएको हो ।

    ‘विकन परियोजना’ र ‘वाटरएड’ को सहयोगमा दलित जनकल्याण युवा क्लब लहानले खानेपानीको धारा जडान हुन बाँकी रहेका बस्तीमा लहान खानेपानी संस्थानसँग समन्वय गरेर दुई हजार लिटर क्षमताको ट्याङ्कीमार्फत पानी वितरण सुरु गरेको हो ।

    नगरप्रमुख महेशप्रसाद चौधरीले स्वयं गाउँ पुगेर पानी वितरण गर्दै भने, “खानेपानी मानव जीवनको आधार हो । तीन महिनासम्म प्रत्येक व्यक्तिलाई दैनिक चार लिटर पानी निःशुल्क उपलब्ध गराइनेछ । आवश्यक परेको खण्डमा यो कार्यक्रम थप लम्ब्याउने तयारी गरिरहेका छौँ ।” नगरपालिकाले आगामी पाँच वर्षमा घरघरमा खानेपानीको धारा पुर्याउने योजना सार्वजनिक गरिसकेको उहाँले जानकारी दिए ।

    बस्तीमा करिब ६० घरपरिवार छन् । उनीहरूलाई गाग्री र बाल्टिनमा पानी भरिदिने व्यवस्था गरिएको छ । दलित जनकल्याण युवा क्लबका अध्यक्ष उमेश विसुङ्केले भने, “विकन परियोजनाले रु २० लाख विनियोजन गरिसकेको छ । लहान नगरपालिका र खानेपानी कार्यालयसँग समन्वय गर्दै तीन महिनासम्म यो काम निरन्तर गरिनेछ ।”

    स्थानीय पूर्णबहादुर सार्कीले पानी पाउँदा राहत मिलेको बताए । “शुद्ध पिउने पानीले अहिले बाँच्ने आधार जस्तै भएको छ । तर, लुगा धुन, नुहाउन, गाईभैँसीलाई पानी खुवाउन अझै गाह्रो छ । त्यसका लागि आकाशे पानीको प्रतिक्षा गरिरहेका छौँ ।” खानेपानी सङ्कट लहान–१३, १५, १६, १७ र १८ वडामा देखिएको छ । नगरपालिकाले अब आवश्यकताअनुसार अन्य प्रभावित टोलमा पानी वितरण गर्ने योजना बनाएको छ ।

    खडेरीको असरले इनार, पोखरी, हाते कल, सिँचाइका मोटरहरू सबै सुक्न थालेका छन् । लहान–१३ का ६५ वर्षीय कृषक जगबीर यादव भन्छन्, “छ दशकमा यस्तो खडेरी देखिएको थिएन । सलहेस फूलबारी र सरस्वती खोला पनि सुकिसके ।” पानीको दीर्घकालीन समाधानका लागि चुरे संरक्षण अत्यावश्यक रहेको पर्यावरणविद् दिनेश यादवको भनाइ छ । रासस

    Post Views: 158
    • खानेपानी
    • लहान
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.