• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

बोयर बाख्रा पाएपछि मख्ख छन् ठूलोपलाँतीका आमाहरू

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १५, बिहीबार १६:३० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    सिन्धुपाल्चोक- बाह्रबिसे नगरपालिकाले सुनौला हजार दिनका गर्भवती तथा सुत्केरी महिलाहरूलाई बाख्रा वितरण गरेको छ ।

    नगरपालिकाको बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत २६ जनालाई उन्नत जातको बोयर बाख्रा वितरण गरेको हो ।

    एक जनालाई दुई वटाको दरले बाख्रा वितरण गरिएको हो ।

    गर्भवती तथा सुत्केरी महिलाहरूको पोषण सुधारका लागि उक्त कार्यक्रम अघि सारिएको नगरपालिकाले जनाएको छ ।

    दलित र जनजातिलाई प्राथमिकता दिएर गरिएको उक्त कार्यक्रममा बढी मात्रामा दलित महिलाहरू समावेश भएको नबाह्रविसे स्वास्थ्य चाैकीका सुचना अधिकारी जितेन्द्र राउतले बताए ।

    नगर प्रमुख बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा आज वडा नम्बर ३ मा रहेको बाह्रविसे स्वास्थ्य चौकी भएको कार्यक्रममा आफ्नो भनाई राख्दै उनले पालिकालाई २०८३ भित्र पोषणमैत्री र बालमैत्री घोषणा गर्ने उद्देश्यका साथ अघि बढेको र यस्ता कार्यक्रमले उक्त उद्देश्यलाई पूरा गर्न सहयोग पुर्‍याउने बताए ।

    त्यस्तै आज वितरण गरिएको बाख्राको बीमा गर्न आवश्यक रहेकाले समूहको कोषबाट नै बाख्राको बीमाको व्यवस्था मिलाउने उनको भनाइ छ ।

    कार्यक्रमका सभापति तथा वडा नम्बर ३ का अध्यक्ष जीवनकुमार भण्डारीले वडालाई निकट भविष्यमा नै बालमैत्री घोषणा गर्न लागिएको जानकारी दिए ।

    साथै वडा नम्बर ३ मा हाल घरमै सुत्केरी हुने महिलाको सङ्ख्या शून्य रहेको र बर्थिङ सेन्टरमै गएर सुत्केरी गराउनु सुरक्षित हुने चेतना सबैमा जागृत भएको प्रति खुसी व्यक्त गरे । साथै स्वास्थ्य र पोषणको क्षेत्रमा उल्लेख्य सुधार भएको बताउँदै अझ यसलाई निरन्तरता दिँदै प्रभावकारी बनाउन थप बजेटको व्यवस्था गर्न समेत तयार रहेको उनको भनाइ छ ।

    बाख्रा पाएपछि खुसी लागेको पुजा नेपालीले बताइन् । `नगरपालिकालाई धन्यवाद हामीलाई सहयोग गरेकोमा ।´ अरूपछि पनि नगरले सहयोग गर्नेमा आफुलाई आशा रहेको उनले बताइन् ।

    कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बालकृष्ण बस्नेत, सभापति वडाध्यक्ष जीवनकुमार भण्डारी, विशेष अतिथि उपप्रमुख मञ्जु तामाङका साथै स्वास्थ्य शाखा प्रमुख सीता माया दाहाल, स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक राजकुमार पौडेल, पोषण सहजकर्ता सुलोचना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

    Post Views: 324
    • बाख्रा
    • बाह्रबिसे नगरपालिका
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.