• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

राप्ती नदीमा १३३ गोही छाडियो

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १५, बिहीबार १२:५४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    चितवन- चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका १३३ गोहीलाई राप्ती नदीमा छाडेको छ । ती मध्ये दुईवटा भाले र अन्य पोथी छन् । गत अर्थिक वर्षमा विभिन्न समयमा ती गोही राप्ती नदीमा छाडिएको हो ।

    निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्ष छाडिएका गोही सहित २०९० गोही प्रजनन् केन्द्रमा हुर्काएर विभिन्न नदीमा छाडीएको छ । त्यसमध्ये सबैभन्दा बढी राप्तीमा १३३५ छाडिएको उहाँले जानकारी दिनुभयो । नारायणीमा ४१९ सप्तकोशीमा ११५, बबहीमा ११०, कर्णालीमा ४१, कालीगण्डकीमा ३५, शुक्लाफाँटाको चौधारामा २५ र बाँकेको राप्तीमा १० वटा गोही छाडिएको हो ।

    अघिल्लो आर्थिक वर्ष १०५ वटा गाही छाडिएको थियो । त्यस वर्ष शुक्लाफाँटामा २५ र बाँकेको राप्तीमा १० वटा गोही पठाइएको थियो । बाँकी यहँको राप्तीमा छाडिएको हो । गत वर्ष छाडिएका गोही सन् २०२०का बच्चा हुन् । हरेक वर्ष वर्ष गोही छाड्ने गरेको भएपनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ्न सकेको छैन । गत वर्षको पुषमा राप्ती र नारायणी नदीमा गोही गणना गर्दा ३५२ वटा मात्र भेटिएको थियो ।

    हाल प्रजनन् केन्द्रमा ७८२ वटा गोही रहेका छन् । तीमध्ये यस वर्ष कोरलिएका बच्चा १८५ हुन् । अघिल्लो वर्षका १५३ हुन् भने बाँकी त्यस अघिका वर्षका हुन् । प्रजनन् केन्द्रमा एउटा पुरानो भाले गोही छ । अन्यको भाले छुट्एिको छैन ।

    घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बंगलादेश, भुटान, म्यानमार लगायतका देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमामात्रै पाइन्छन् । सन् १९४० को दशकमा यसको संख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको २ प्रतिशतमात्रै संख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन् ।

    चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन् केन्द्र स्थापना गरिएको थियो । त्यतिखेर देशभरमा एक सयभन्दा कम संख्यामा घडियाल गोही रहेको अनुमान गरिन्छ । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन्, प्रदूषण, मान्छेले माछा मारेर खाने लगायतका कारण गोहीहरु प्राकृतिक बासस्थानमा असुरक्षित बनिरहेको थापामगरले बताए । नदीहरूमा बाढी आउँदा गोहीहरू बगेर सीमापारि पुग्ने समस्या रहेको छ । हरेक वर्ष नदीहरुमा गोही छाड्ने गरेको भए पनि अपेक्षाकृत रुपमा संख्या भने बढेको छैन । रासस

    Post Views: 350
    • गोही
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.