काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामकुमार खड्काले पनि पदबाट राजीनामा दिएका छन् । उनले कांग्रेस संसदीय दलको कार्यालयमा मुख्यमन्त्री बहादुर सिंह लामा राजीनामा बुझाएका हुन् ।
यसअघि युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका थिए ।
खड्काले लामाविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । योसँगै अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदको संख्या २२ पुगेको छ ।
मुख्यमन्त्री बहादुरसिंह लामा आफ्नै २१ जना सांसदको अविश्वास प्रस्तावको सामना गरिरहेका छन् ।





