• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

तीन म्युचुअल फण्डको नगद लाभांश घोषणा

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १३, मंगलवार १०:४३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- लक्ष्मी सनराईज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८१/८२ का लागि नगद लाभांश घोषणा गरेका छन्। साउन १२ गते सम्पन्न सञ्चालक समितिको १५४औं बैठकले यो निर्णय गरेको हो।

    घोषणाअनुसार, सनराईज ब्लुचिप फण्डले सबैभन्दा बढी १९ प्रतिशत नगद लाभांश दिनेछ। यसैगरी, शुभ लक्ष्मी कोषले करसहित १६ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड–२ ले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

    शुभ लक्ष्मी कोषको लाभांशका लागि साउन १२ गतेसम्म दर्ता कितावमा नाम भएका इकाईधनीहरू मात्र योग्य हुनेछन्। अन्य दुई योजनाका लागि दर्ता किताव बन्द (book closure) मिति भने पछि सार्वजनिक गरिने क्यापिटलले जनाएको छ।

    शुभ लक्ष्मी कोषमा लाभांश पुनः लगानी योजना रोजेका इकाईधनीहरूका लागि प्राप्त रकमबाट कर तथा डिपी शुल्क कटौती गरी बाँकी रकम बराबरको इकाई बजार मूल्यमा खरिद गरिनेछ र सोझै हितग्राही खातामा जम्मा गरिनेछ।

    तर लाभांश पुनः लगानी योजनामा सहभागी नभएका लगानीकर्ताहरूले भने नगद स्वरूपमा प्रतिफल प्राप्त गर्नेछन्, जुन सीधै उनीहरूको हितग्राही खातामा जोडिएको बैंक खातामा जम्मा हुनेछ।

    लक्ष्मी सनराईज क्यापिटलले व्यवस्थापन गरिरहेका यी योजनाहरूले नियमित प्रतिफल वितरण गर्दै आएका छन्, जसले म्युचुअल फण्डप्रति लगानीकर्ताको विश्वास बढाउन मद्दत पुर्‍याएको छ।

    Post Views: 221
    • म्युचुअल फण्ड
    • लाभांश
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.