• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

७५ लाख नगदसहित पोखराबाट तीन जना पक्राउ

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १२, सोमबार १०:३६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- पोखराबाट स्रोत नखुलेको लाखौं नेपाली र विदेशी रुपैयाँसहित तीन जना पक्राउ परेका छन्।

    कास्की प्रहरीको टोलीले शनिबार साँझ ५ बजे पोखरा महानगरपालिका(१० बिरौटाबाट तीन जनालाई पक्राउ गरेको हो।

    शंकास्पद रूपमा विदेशी रुपैयाँ विनिमय गरिरहेको सूचनाका आधारमा गएको टोलीले रुपन्देही सिद्धार्थनगर–१३ हाटबजारका रेष्टुरेन्ट सञ्चालक ४५ वर्षीय महुमुद्दिन एम अहमदसहितलाई पक्राउ गरेको हो।

    अन्य पक्राउ पर्नेमा झापा दमक नगरपालिका–४ का ४५ वर्षीय राजकुमार बुढाथोकी रहेका छन्। पोखरा–६ बैदाम बस्दै आएका उनी हिलारी मनि चेन्जरका सञ्चालक हुन्।

    यस्तै प्रहरीले पोखरा–१९ पुरनचौरका ४३ वर्षीय खेमराज पौडेललाई पक्राउ गरेको छ। उनी सगरमाथा मनी चेन्जरका सञ्चालक रहेको प्रहरीले जनाएको छ।

    तीनै जनालाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी राष्ट्र बैंक अन्तर्गतको कसुरमा अनुसन्धान थालिएको जनाएको छ।

    कास्की प्रहरी प्रमुख श्याम ओलियाका अनुसार उनीहरूको साथबाट ४३ लाख ७३ हजार ७०० रुपैयाँ नेपाली बरामद भएको छ।

    अमेरिकी डलर १९ हजार ६००, युरो ३ हजार २०० बरामद भएको छ। हालको मुद्रा दर अनुसार बरामद रकम जम्मा ७५ लाख ९६ हजार ९०० रहेको ओलियाले बताए।

    पक्राउ परेका महुमुद्दिन रुपन्देही तथा पोखरामा रेष्टुरेन्ट व्यवसायी गर्ने व्यक्ति हुन्। उनी विदेशी मुद्राको अवैध सटही सम्बन्धी कारोबार गर्ने गर्छन्।

    बुढाथोकी २० वर्षदेखि लेकसाइटमा मनी चेन्जर सञ्चालन गरिरहेका व्यक्ति हुन्। उनले विदेशी मुद्राको अवैध सटहीको कारोबार गर्ने गरेको प्रहरीको भनाइ छ।

    पौडेल विगत १४ वर्षदेखि लेकसाइडमा मनी एक्सचेन्ज कम्पनी सञ्चालन गरी अवैध रुपमा विदेशी मुद्रा सटहरी सम्बन्धी काम गरिरहेको प्रहरीको भनाइ छ।

    उनीहरूलाई राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ अनुसार विदेशी मुद्रा विनिमय गरेको कसुरमा अनुसन्धान थालिएको छ।

    Post Views: 206
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.