• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

जुडिबेला खानेपानी आयोजना : १० वर्षमा आधा काम, जुडिबेलावासी समस्यामा

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ११, आईतवार १०:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चन्द्रपुर (रौतहट)- निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित जुडिबेला खानेपानी आयोजना सम्पन्न नहुँदा स्थानीयवासी आर्सनिकयुक्त पानी प्रयोग गर्न बाध्य छन् । जुडिबेलाका दुई हजार ५०० घरका करिब १० हजार नागरिकलाई सो आयोजनाले शुद्ध पानी उपलब्ध गराउने जनाइएको छ ।

    चन्द्रपुर नगरपालिकाका अन्य नौवटै वडामा खानेपानी आयोजना सञ्चालनमा आएको भएता पनि वाड नं २ जुडिबेलामा अहिलेसम्म शुद्ध खानेपानीको पहुँच पुगेको छैन । विसं २०७२ बाट निर्माण सुरु भएको उक्त आयोजनाको अहिलेसम्म ५५ प्रतिशतमात्र भौतिक प्रगति भएको सर्लाहीस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    आयोजना सुरु भएको १० वर्ष बित्दा पनि सम्पन्न हुन नसक्दा स्थानीय समस्यामा परेका जुडिबेला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भोला थपलियाले बताउनुभयो ।

    “यस क्षेत्रका नागरिकले ३० देखि ५० फिटमुनिको आर्सनिकयुक्त पानी पिइरहेका छन्”, उनले भने, “सङ्घीयतामा कार्यान्वयनमा पहिलादेखि नै यो आयोजना सुरु भएको हो, सङ्घीयतामा गएपछि यो आयोजना न सङ्घीय सरकारको ध्यानमा गयो न त प्रदेशको प्राथामिकतामा नै पर्यो ।”

    जुडिबेलावासीलाई शुद्ध पानी खुवाउनका लागि विभिन्न निकायमा धाइरहेको पनि उनले दुःखेसो गरेका छन् । करिब दुई सय घरलाई सिधै मोटरबाट ट्याङ्कीमा जम्मा नगरिकन पानी पठाइरहेको उनले जानकारी दिए ।

    यस वडाको घरघरमा धारा पुर्याउनका लागी अझै करिब ३५ किलोमिटर मेनलाइन पाइपको आवश्यकता रहेको सोही समितिका सदस्य टेकनाथ खरेलले जानकारी दिए । फूलबारीबाट वनटोल र रैयाटोलसम्मका नागरिकको घरघरमा पानी पुर्याउनका लागि मेनलाइनको पाइप अत्यवश्यक रहेको उनले बताए ।

    यो आयोजनाबाट मात्र यहाँका नागरिकलाई खानेपानी नपुग्ने हुँदा अर्को फेरी खानेपानीको योजना निर्माण गर्नुपर्ने आवश्यकता रहेको खरेलले सुझाव दिएका छन् । यस वडामा जनगणना २०७८ अनुसार नौ हजार ९८२ जनसङ्ख्या रहेको छ । उक्त जनगणनाअनुसार दुई हजार ४८ घरपरिवार जनाएको भएता पनि हालसम्म सो वडामा दुई हजार ५०० भन्दा बढी घर रहेको वडाध्यक्ष दुत्तबहादुर थिङले जानकारी दिए ।

    आर्थिक वर्ष २०८०/८१ सम्म उक्त आयोजनाको ५५ प्रतिशत काम सम्पन्न भइसकेको सो आयोजना हेर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर विवेक झाले जानकारी दिए । अहिलेसम्म जुडिबेला खानेपानी आयोजनामा चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण सम्पन्न भएको भएता पनि ट्याङ्की निर्माण गर्ने ठेकेदारको रु ५४ लाख भुक्तानी हुन नसकेको इञ्जिनियर झाले बताए ।

    आयोजनाअन्तर्गत डिपबोरिङ जडान, कार्यालय भवन निमार्ण, विद्युतीकरण, पम्पहाउस निर्माण तथा करिब २७ किलोमिटर मेनलाइनको पाइप गाडिसकिएको उनले जानकारी दिए । उहाँका अनुसार बजेट अभावका कारण मेनलाइनको पाइप खरिद गर्न नसक्दा काम ठप्प भएको छ । उनले भने, “बजेट माग गरिए पनि आउने नआउने ठेगान छैन । बजेट समयमा नै आउने हो भने काम सम्पन्न गर्न सकिन्छ ।”

    यस आयोजना सम्पन्न गर्नका लागि अझै अनुमानित रु दुई करोड बजेट लाग्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले मधेस प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई गत भदौ १४ गते पठाएको पत्रमा उल्लेख गरेको छ । रासस

    Post Views: 175
    • खानेपानी
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.