• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई दिएन

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १०, शनिबार १४:३५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    दोधारा चाँदनी (कञ्चनपुर)- दुग्ध विकास संस्थान (डिडिसी) ले किसानको दूधको पैसा भुक्तानी गर्न सकेको छैन । कञ्चनपुरका सातवटा सहकारी र ३४ वटा कृषि फार्मको ६ करोड भुक्तानी गर्न बाँकी छ । संस्थानले गत मङ्सिरदेखि सङ्कलन भएको दूधको भुक्तानी गर्न नसकेको हो ।

    संस्थानले समयमा भुक्तानी गर्न नसक्दा आफूहरु मर्कामा परेको साथी कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णदत्त पनेरुले जानकारी दिए । “हामीले डिडिसीबाट मङ्सिरयताको रु ६० लाख रकम पाउनुपर्ने बाँकी छ ।”

    उनले भने, “डिडिसीले सहकारीलाई भुक्तानी गर्न नसकेपछि हामीले पनि किसानलाई समयमा भुक्तानी गर्न सकेका छैनौँ ।” उनका अनुसार साथी सहकारीले महिनाको पाँच हजार लिटर दूध दुग्ध विकास संस्थानलाई दिँदै आएको छ । संस्थानले दूधको पैसा भुक्तानी नगर्दा दूध उत्पादक किसानलाई दूधको पैसा दिन आफूहरुलाई समस्या भएको उनको भनाइ छ ।

    “हाम्रो सहकारीले दैनिक एक हजार ५०० सम्म किसानबाट दूध सङ्कलन गर्छ । पनेरुले भने, “महिनामा स्थानीय बजारमा तीन हजार लिटरसम्म खपत हुन्छ बाँकी दुग्ध विकास संस्थानलाई दिन्छौँ ।”

    त्यसैगरी, यहाँको साना किसान सहकारीले पनि संस्थानबाट दूधको भुक्तानी पाएको छैन । सहकारीका अध्यक्ष खगेश्वर पाण्डेलले संस्थानबाट मङ्सिरयता २९ लाख ५० हजार भुक्तानी पाउनुपर्ने रकम बाँकी रहेको बताउनुभयो । “हामीले प्रत्येक महिना किसानलाई दूधको पैसा तिर्नुपर्छ संस्थानले समयमा हामीलाई भुक्तानी गर्दैन,” उनले भने, “समयमा भुक्तानी नहुँदा हामी समस्यामा परेका छौँ सहकारीमा बचत गरेको पैसाबाट दूध किसानको पैसा भुक्तानी गर्नुपर्ने बाध्यता छ ।”

    डिडिसी धनगढी दुग्ध वितरण आयोजनाका प्रमुख निरञ्जन भट्टराईले कञ्चनपुरका सातवटा सहकारी र ३४ वटा फार्मको छ करोड रकम भुक्तानी गर्न बाँकी रहेको जानकारी दिनुभयो । “कात्तिकदेखि चैतसम्म बढी दूध सङ्कलन हुने भएकाले भुक्तानीमा ढिलाइ भएको हो,” उनले भने, “बाँकी रहेको छ करोड छिट्टै भुक्तानी हुन्छ, तीन करोड ३७ लाख गत महिनामा भुक्तानी गरिसकेका छौँ ।” उनले कञ्चनपुरबाट महिनामा दुई हजार ५०० देखि चार हजार लिटरसम्म दूध सङ्कलन हुने गरेको बताए । रासस

    Post Views: 215
    • किसान
    • डिडिसी
    • दूध
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.