• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १०, शनिबार १४:३३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    भोजपुर- भोजपुरलाई बाह्य जिल्लासँग जोड्ने मुख्य मार्ग भोजपुर–लेगुवा ६६ किलोमिटर सडक मर्मत भइरहेको छ ।

    विगतमा कालोपत्र भएको सडकमा खाल्डाखुल्डी परेपछि यहाँ मर्मत गरिएको हो । तर, भत्किएको ठाउँमा टालिएको कालोपत्र काम गर्ने चरणमा नै भत्किएपछि स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

    सडक डिभिजन कार्यालय तुम्लिङटार मातहत भइरहेको काम गुणस्तरहीन रहेको स्थानीयवासीको आरोप छ । टालिएको सडक मर्मतकै क्रममा उप्किएको स्थानीयवासी सरबहादुर श्रेष्ठले बताउनुभयो । सडक मर्मतको काम गुणस्तरीय नदेखिएको उनको भनाइ छ ।

    “सडकको खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ”, उनले भने, “खाल्डा पुरिएको ठाउँ भत्किएर उस्तै अवस्थामा छ । सडक मर्मतको काम गुणस्तरीय ढङ्गले भएजस्तो हामीलाई लाग्दैन । पुरिएका खाल्डा एक/दुई महिना नहुँदै भत्किएका छन् । यो कामको अनुगमन हुनु पर्‍यो ।”

    यो सडक खण्डमा विभिन्न ठाउँमा खाल्डा परेर सवारी आवतजावतमा जोखिम बढेपछि सडक टाल्ने काम गरिएको हो । टालिएको सडक पुनः भत्किएपछि स्थानीयले उक्त काम सन्तोषजनक नरहेको बताएका छन् । सडक मर्मतको कामको गुणस्तरीयतामा ध्यान दिन नियमित अनुगमन गर्नुपर्ने स्थानीयको माग छ । सडक मर्मत राम्रो नहुँदा खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको स्थानीयले बताउने गरेका छन् । रासस

    Post Views: 245
    • कालोपत्र
    • भोजपुर
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.