• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

इन्डोनेसियामा पछिल्ला २० वर्षयताकै सबैभन्दा कम गरिबी दर

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १०, शनिबार १०:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जर्काता- इन्डोनेसियाको केन्द्रीय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार, हाल देशमा गरिबी दर पछिल्ला दुई दशकमा सबैभन्दा न्यून रहेको जनाइएको छ ।
    कार्यालयका अनुसार सन् २०२५ को मार्च महिनासम्म झण्डै दुई करोड ३८ लाख ५० हजार नागरिक गरिबीको रेखामुनि रहेका छन्, जुन देशको कुल जनसंख्याको करिब ८ दशमलव ४७ प्रतिशत हो ।

    तथ्यांक कार्यालयले प्रतिमहिना ६ लाख नौ हजार १६० इन्डोनेसियाली रूपियाँभन्दा कम आम्दानी भएका व्यक्तिहरूलाई गरिबको श्रेणीमा राख्ने गरेको छ ।

    कार्यालयका वरिष्ठ अधिकारी आतेंग हार्तोनोले पत्रकार सम्मेलनमा जानकारी दिँदै भन्नुभयो,“हाल देखिएको गरिबी दर विगत बीस वर्षमा सबैभन्दा न्यून हो, जुन हामी सबैका लागि सुखद कुरा हो।”

    तर उनले सहर र गाउँबीच अझै पनि उल्लेखनीय आर्थिक अन्तर रहेको र ग्रामीण क्षेत्रमा गरिबीको दर केही बढी देखिएको कुरामा ध्यानाकर्षण गराए ।

    यसैबीच, विगत हप्तामा इन्डोनेसियाले संयुक्त राज्य अमेरिकासँग गरेको व्यापार सम्झौताले पनि अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । उक्त सम्झौता अनुसार, इन्डोनेसियाबाट अमेरिका पठाइने सामानमा अब १९ प्रतिशत भन्सार शुल्क लाग्नेछ, जुन पहिले भनिएको ३२ प्रतिशतको सम्भावित दरभन्दा कम हो ।

    संयुक्त राज्यका तर्फबाट जानकारी दिइएअनुसार, अब करिब सबैजसो अमेरिकी सामानहरू इन्डोनेसियामा भन्सार शुल्कबिना नै आयात गर्न सकिनेछन् ।

    इन्डोनेसियाका अर्थसम्बन्धी समन्वय मन्त्री एयरलाङ्गा हार्तार्टोले यसअघि यदि ३२ प्रतिशतको भन्सार दर लागू भएको भए, झण्डै १० लाख नागरिक रोजगारी गुमाउने स्थितिमा पुग्ने थिए र त्यसले गरिबीको दर पुनः बढ्ने सम्भावना रहने भन्नुभएको थियो ।

    उक्त सम्झौता तथा पछिल्लो तथ्यांकले इन्डोनेसियाको आर्थिक अवस्थाप्रति आशावादी संकेत दिएको देखिन्छ । (एएफपी)

    Post Views: 189
    • इन्डोनेसिया
    • गरिबी
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.