• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

वीरगञ्जको घण्टाघरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त !

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ९, शुक्रबार ११:४८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    वीरगञ्ज (पर्सा)- औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्ज महानगर क्षेत्रमा पनि ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै आइरहेको छ । अत्यधिक तीनपाङ्गे्र अटोरिक्सा र जभाभावी बाटो काट्ने पैदलयात्रीका कारणले यहाँको ट्राफिक व्यवस्थापनमा दिनानुदिन समस्या थपिँदै आइरहेको छ ।

    वीरगञ्जको घण्टाघरचोकमा पैदलयात्रु जुनसुकै ठाउँबाट पनि बाटो काटिरहेको दृश्य सामान्य जस्तै लाग्छन् । पैदलयात्रीलाई सहज रूपमा वारपार गर्न राखिएका जेब्राक्रसको चिह्न मेटिएर देख्न पनि मुस्किल पर्ने गरेको छ । वीरगञ्ज मीनाबजारका सीताराम साह वीरगञ्जको घण्टाघरचोकमा पैदलयात्री बेपर्वाह ढङ्गले सडक वारपार गर्ने बताउँछन् ।

    “घण्टाघर चोकमा त सर्वसाधारण जहाँ मन लाग्यो । त्यहीबाट बाटो काटेको दृश्य सामान्यजस्तै लाग्छ”, उनले भने, “जसलाई जहाँबाट बाटो काट्न मन लाग्यो । त्यहीबाट बाटो काट्ने प्रवृत्तिले सवारीचालक हैरानी भोग्दै आइरहेका छन् ।” साहले वीरगञ्जको घण्टाघरचोक, नयाँ बसपार्कलगायत स्थानमा ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउनुपर्ने बताए ।

    “सबैभन्दा पहिला त यहाँ सडकमा पर्याप्त मात्रामा जे्रबाक्रस बनाउन आवश्यक भइसकेको छ”, उनले भने, “घण्टाघरमा जडान भएको ट्राफिक लाइटले पनि काम गर्न नसक्दा ट्राफिक व्यवस्थापनमा समस्या थपिरहेको छ ।” घण्टाघरचोकमा भएको जेब्राक्रसमा पनि बाँस राखिएको छ । जसले पैदलयात्रीलाई आवतजावत गर्न समस्या भइरहेको छ । सोही जेब्राक्रस भएकै ठाउँबाट सवारीसाधन चलाउने भएकाले बाँस राख्नुपरेको ट्राफिक प्रहरी बताउँछन् ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले सीमित जनशक्ति र पैदलयात्रीमा जनचेतनाको अभावको कारणले जभाभावी ढङ्गले बाटो काट्ने समस्या रहेको बताए । “घण्टाघरचोकमा वरपर रेलिङ नहुँदा पनि जभाभावी बाटो काट्ने सर्वसाधारणलाई नियन्त्रण गर्न मुस्किल परिरहेका छन्”, उनले भने, “भएका रोड फर्निचरहरू पनि नियमित रूपमा मर्मतसम्भार नहुँदा समस्या भइरहेको छ ।”

    कार्यालयले घण्टाघरचोकमा ट्राफिक व्यवस्थापनको लागि दुई जना र जिल्ला प्रशासन कार्यालय पर्सा जाने मोडतर्फ थप एक गरी जना ट्राफिक प्रहरी खटाउँदै आइरहे पनि ट्राफिक नियमको पालना भने प्रभावकारी रूपमा हुन सकिरहेको छैन । पर्सा जिल्लामा गत आवमा सवारी दुर्घटनामा परेर ४७ जनाको मृत्यु भएको छ । जबकि आव २०८०/८१ मा भने यहाँ जिल्लाभरिमा ५३ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । वीरगञ्ज महानगर र सडक विभागले पनि यहाँको ट्राफिक लाइट व्यवस्थापन र सञ्चालनमा भने ध्यान दिन सकिरहेको छैन ।

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख राजकुमार सिलवालले वीरगञ्जको ट्राफिक व्यवस्थापनमा सीमित जनशक्तिको कारणले पनि समस्या भएको बताए । उनले भने, “पर्सामा कार्यरत १०–१५ जना प्रहरीको अन्य स्थानमा रवाना भइसकेको छ । सीमित जनशक्तिले पनि काम गर्न समस्या छ । यद्यपि हामीले जहाँजहाँ ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ । सो ठाउँको समाधानका लागि आवश्यक कदम अघि बढाउनेछौँ ।”

    प्रमुख सिलवालले सडकमा सवारीसाधन गुडाउने ठाउँमा बिहेको टेन्ट लगाउने खालका चुनौती रहेको पनि बताए । “ट्राफिक प्रहरीले कारबाही गर्दा पनि विभिन्न खालका गुनासा आउने गरेका छन्”, उनले भने, “ट्राफिक व्यवस्थापन ट्राफिक एकलको प्रयासले मात्र समाधान गर्न नसकिने रैछ । अन्य सरोकारवाला निकायले पनि उत्तिकै समन्वय र सहकार्य गरेर अघि बढ्न जरुरी भइसकेको छ ।” उनले पछिल्लो समय पथलैया क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सुधार गरेको दाबी गरे । रासस

    Post Views: 224
    • घण्टाघर
    • ट्राफिक व्यवस्थापन
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.