• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

संरक्षणको पर्खाइमा ऐतिहासिक ‘ठूलढुङ्गा’

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ९, शुक्रबार ११:२० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+
    मध्यनेपाल (लमजुङ)- यहाँको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरदेखि ५०० मिटर नजिक मादी नदी किनारमा एउटा ठूलो ढुङ्गा छ । जुन पौराणिक कथा बोकेको ऐतिहासिक ढुङ्गा हो ।  यो ढुङ्गा सात दिने सुत्केरीले गाडेको भन्ने किम्वदन्ती छ । तर हालसम्म यसको संरक्षणमा कुनै निकायले खासै चासो दिएको पाइँदैन ।
    विसं १८२९ (शाके १६९४) मा राजा वीरनारयणका पत्नीहरू शालधरा, सकलान र कुमारी गरी यी तीन शिव पार्वतीका भक्तहरुले इशानेश्वर महादेवको नाममा शिवरात्रि र फकिर, जोगी, साधुसन्तका निम्ति सात बीस अर्थात् १४० मुरी खेतको गुठी, अन्न सङ्कल्प गरी दान गरिएको अभिलेख यस ढुङ्गामा कुँदिएको छ । हाल सो गुठीको जग्गा मोहीहरुको नाममा दर्ता भइसकेको छ ।
    सो ठूलो ढुङ्गामा लेखिएको छ,  “श्री शाके सोह्रसय चौरानब्बे सहकाल गणिके लेखे श्री वीरनारायण, शालाधरा, सकलान, कुमारी इ तीन प्रभुजिके धर्म कर्म परबह्म ज्ञानिके सात बीस अन्न सङ्कल्प कालु मौखिके अतित पथि फुकुरा खलो सदवार्तातुही लिखे वीरनारायण साध्वा पत्नी शालधरा सकलान कुमारी तु तृतीया धर्म परायणा तेषामेत द्वान्न एवं दम्पतिना कुमारी क्षितिस्वारा रक्षतु प्रिताये भुयाद भवानी विश्वनाथायो शाके १६९४ ।” यो अभिलेखले पनि यस ढुङ्गाको ऐतिहासिकतालाई स्पष्ट पारेको छ । यसलाई घोटेर सफा गरेर पढ्न सकिने महादेव मन्दिरका पूर्वअध्यक्ष एवं शिक्षक रामचन्द्र घिमिरेले बताए ।
    केही वर्षअघिसम्म सोही ढुङ्गाको नजिकै मादी नदी किनारमा फागुपूर्णिमामा छेलो हान्ने प्रतियोगिता हुने गथ्र्यो । ठूलो सङ्ख्यामा कास्की, तनहुँ र लमजुङका सर्वसाधारण मेला भर्न आउँथे । हाल सो मेला पर्व समेत लाग्न छाडेको छ । यहाँ हरिबोधानी एकादशीमा फूल तार्ने गरिन्थ्यो । त्यो पनि विस्तारै लोप हुँदै गएको स्थानीय बताउँछन् ।
    यस ढुङ्गाको महत्व बुझेर संरक्षण गर्नेतर्फ कसैले चासो नदिएको स्थानीय नरबहादुर गुरुङले बताए । हाल इशानेश्वर महादेव क्षेत्र विकास समितिले मन्दिरसँग जोडिएको हुनाले भक्तजनहरुलाई अभिलेखको जानकारी गराउँदै यसलाई पर्यटकीय स्थान बनाउने र ढुङ्गालाई संरक्षण गर्ने तयारी रहेको इशानेश्वर महादेव क्षेत्र विकास समितिका अध्यक्ष गुणराज घिमिरेले बताए ।
    सोही वडाका अध्यक्ष हीराबहादुर गुरुङ र नगर प्रमुख रमेशकुमार पाण्डेले यसको संरक्षण र जगेर्ना अति जरुरी रहेको बताउँदै बजेट विनियोजन गर्ने प्रतिबद्धता गरेका छन् । रासस
    Post Views: 192
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.