• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ९, शुक्रबार ०९:३० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    म्याग्दी (बेनी)- यहाँको धौलागिरि गाउँपालिका–४ मुदीस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ ।

    गत आर्थिक वर्ष २०८१/०८२ मा सङ्घीय सरकारबाट प्राप्त रु ५४ लाख बजेटबाट गाउँपालिकाले मुदीस्थित इटाली आधार शिविरदेखि स्वीस क्याम्प हुँदै जापनिज क्याम्प क्षेत्रमा पदमार्ग निर्माण गरेको हो ।

    विनियोजित बजेट रु ४९ लाख तथा समुदायको रु पाँच लाख बराबरको श्रमदानबाट करिब साढे छ किलोमिटर पदमार्ग निर्माण गरिएको धौलागिरि हिमाल आरोहण पदमार्ग निर्माण उपभोक्ता समितिका सचिव कुलबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार, सबैभन्दा जोखिमपूर्ण क्षेत्रमा पदमार्ग निर्माण गरिएको हो । पदमार्गसँगै दुई वटा काठे पुल र दुई वटा चौतारा समेत निर्माण गरिएको छ ।

    पदमार्गमा भ्रमणमा आउने पर्यटकको सहजताका लागि चार ठाउँमा सूचना बोर्ड र पाँच ठाउँमा सङ्केत बोर्ड राखिएको सचिव घर्तीले जानकारी दिए । आरोहण, धौलागिरिको फन्को मार्न र आधार शिविरसम्म पदयात्राका लागि आउने पर्यटकको सुविधाका लागि पदमार्ग, पुललगायतका पूर्वाधार निर्माण गरिएका हुन् । करिब एक किलोमिटर ढुङ्गाको सिँढी निर्माण गरिएको गाउँपालिकाका सवइञ्जिनियर जनक धानुकले जानकारी दिए ।

    “अप्ठेरो र साँघुरो घोरेटो बाटोलाई फराकिलो बनाइएको छ, स्वीसदेखि जापनिज क्याम्प क्षेत्रमा ग्लेसियरको कारण कठिन मानिएको ठाउँमा पदमार्ग बनाइएको छ, पुरानो जीर्ण पदमार्गलाई सुधार गरेपछि पर्यटक आवतजावत गर्न सजिलो भएको छ”, उनले भने । धौलागिरि पदमार्गअन्तर्गत दोभानमा बाढीले भत्किएको पदमार्ग समेत पुननिर्माण गरिएको छ भने चौरवनको फेदीमा पदमार्ग निर्माण गरिएको छ ।

    यस पदमार्गअन्तर्गत इटाली आधार शिविरदेखि छेउवन जोड्ने म्याग्दी खोला, तलेत्रेखोला, कैँचीभिरे खोला लगायत आधा दर्जन बढी स्थानमा झोलुङ्गे पुलको अभाव छ ।

    यस पदमार्गअन्तर्गत भिर र जङ्गलको जोखिमपूर्ण बाटोलाई फराकिलो बनाएर सुरक्षित र स्तरीय बनाउने कामलाई प्राथमिकतामा राखिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । उनले गउँपालिकाले पर्यटन पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दिएको बताउँदै यस वर्ष एक वडा एक पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिकाले अभियान सञ्चालन गर्ने जानकारी दिए । रासस

    Post Views: 194
    • धौलागिरि आधार शिविर
    • पदमार्ग निर्माण
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.