• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

मेलम्चीमा `अपाङ्गता नीति, व्यवस्था तथा आर्थिक समावेशीकरण´ सम्बन्धि एक दिने अभिमुखीकरण

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ८, बिहीबार १८:०५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    सिन्धुपाल्चोक- टुकी संघ सुनकोशीको आयोजना तथा मेलम्ची नगरपालिकाको समन्वयमा “अपाङ्गता नीति, व्यवस्था तथा आर्थिक समावेशीकरण” विषयक एक दिने अभिमुखीकरण कार्यशाला आज सम्पन्न भएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले अपाङ्गता भएका व्यक्तिहरूप्रति राज्य तथा निजी क्षेत्रको उत्तरदायित्व सुनिश्चित गर्न आवश्यक रहेको बताए ।

    उनले अपाङ्गता भएका नागरिकहरूको अधिकार, पहुँच, सहभागिता नीतिगत समावेशिता र आर्थिक अवसरको सुनिश्चितता स्थानीय सरकार तथा सेवा प्रदायकहरूको प्राथमिकता रहनुपर्नेमा जोड दिए ।

    साथै यस किसिमको अभिमुखीकरणले सबैलाई संवेदनशील बनाउने समेत विश्वास ब्यक्त गरे । कार्यक्रममा उपप्रमुख उमा प्रधानले अपाङगता परिचयपत्रको बर्ग बिभाजनमा नितिगत रुपमा केहि जटिलताहरु सच्याउन पर्नेमा जोड दिए । उनले अरुको सहयोगमा जिवन यापन गर्नुपर्ने दृष्टिबिहिन लगायतलाई क बर्गको परिचयपत्र हुनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा टुकी संघ सुनकोशीका कार्यकारी निर्देशक अष्टकुमार श्रेष्ठ, नगरपालिकाका शाखा प्रमुखहरु, सार्वजनिक तथा निजी सेवा प्रदायक निकायका प्रतिनिधिहरू, सरोकारवालाहरू, बैंक, वीमा सहकारी संस्था लगायतका वितिय संस्था र अपाङ्गता अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा ह्यान्डिक्याप इन्टरनेशनलका अग्निराज शाही, तारानाथ सिग्देलले सहजीकरण गरेको आयोजक संस्था टुकी संघ सुनकोशीका परियोजना संयोजक महेन्द्र कार्कीले जानकारी दिए ।

    सार्वजनिक तथा नीजि सेवा प्रदायकहरूलाई अपाङ्गता सम्बन्धी कानुनी, नीतिगत व्यवस्था र व्यवहारिक कार्यान्वयनका पक्षमा जागरूक बनाउनु रहेकोमा सहभागीको जोड थियो ।

    टुकी संघ सुनकोशीको आयोजना, ह्यान्डीक्याप इन्टरनेशनलको सहयोग र मेलम्ची नगरपालिकाको समन्वयमा भएको कार्यक्रम संस्थाका अध्यक्ष माधव पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

    Post Views: 251
    • मेलम्ची
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.