• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

मनकारी सुवास : जसले बाढीबाट ‘बालबाल’ले बाँचेकालाई घर फर्किने व्यवस्था मिलाए

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ८, बिहीबार १४:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- बाढीले चीनमा अड्किएर बुधबार तातोपानी नाकाबाट नेपाल फर्किएकामध्ये ७० जनालाई सिन्धुपाल्चोक बलेफीका सुवास तिमिल्सिनाले रसुवा जानका लागि दुई वटा बसको व्यवस्था गरेका छन् । नेपाल-चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका २०३ जनामध्ये ७० जना रसुवाका थिए । उनीहरूलाई तिमिल्सिनाले काठमाडौँबाट घर (रसुवा) जानका लागि दुई वटा बसको व्यवस्था गरेका हुन् ।

    नेपाली कांग्रेसको सिन्धुपाल्चोक-काठमाडौँ सम्पर्क समितिका अध्यक्षसमेत रहेका तिमिल्सिनाले आफ्नो नीजि खर्चमा उनीहरूलाई बसको व्यवस्था गरेको नेपाल सन्दर्भलाई बताए । ‘विपद्‌मा परेकाले सहयोग गर्नु धर्म पनि हो’ तिमिल्सिनाले नेपाल सन्दर्भसँग भने ‘विपद्‌ भनेको जो कोहीलाई जतिबेला पनि पर्नसक्छ त्यसैले सकेको सहयोग गरेको हुँ ।’

    यसअघि पनि आफूले स्वास्थ्य, शिक्षा र बालबालिकाको क्षेत्रमा सहयोग गरेको तिमिल्सिनाले बताए । उनीहरू बाढीबाट बालबालले बाँचेका थिए ।

    बुधबार उनीहरूलाई तातोपानीबाट काठमाडौँ आउनका लागि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका र पूर्वअरनिको यातायात समितिले बसको व्यवस्था गरेको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले नेपाल सन्दर्भसँग बताएका थिए । उनीहरूलाई काठमाडौँ ल्याउनका लागि ७ वटा बसको व्यवस्था गरेको मेयर बस्नेतले बताए । ‘बाह्रबिसे नगरपालिकाले चार वटा गाडिको व्यवस्था गर्‍यो’ मेयर बस्नेतले भने ‘बाँकी ३ वटा केदार क्षेत्रीले पूर्वअरनिको यातायात समितिबाट मिलाउनु भएको हो ।’

    भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाका अनुसार उनीहरूलाई खानपिनका लागि पनि तातोपानीमा नै व्यवस्था गरिएको थियो । उनीहरूले खाएको खाना भोटेकोशी गाउँपालिकाले व्यवस्था गरेको हो । भोटेकोशी गाउँपालिकाले फर्किएकाहरूको स्वास्थ्य परिक्षण गरेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

    तातोपानी नाकाबाट नेपाल फर्काउन लागिएकामा सवारी चालक तथा बिरामी परेका, नियमित औषधि सेवन गरिरहेका र औषधि सकिएका गरी २०३ नेपाली रहेका छन् । जसमा दुई जना बालबालिका रहेका छन् ।

     

    Post Views: 681
    • बाढी
    • सुवास तिमिल्सिना
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.