• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

विदेशी सीप स्वदेशमा लगाउँदै सुलभ, दिए पाँच हजार बढीलाई शैलुन तालिम

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ७, बुधबार १३:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन- विदेशबाट फर्किएर यहाँ शैलुन व्यवसाय सञ्चालन गर्दै आउनुभएका एक युवाले पाँच हजार २०० जनालाई कपाल काट्ने तालिम दिएका छन् । उनीहरुमध्ये १२० जनालाई उनले निःशुल्क तालिम दिएका हुन् ।

    भरतपुरका सुलभ सिग्देलले यहाँको सिजी ल्याण्डमार्कमा पपुलर शैलुन सञ्चालन गर्दै आएका छन् । उनले त्यहीबाट तालिम र कपाल काट्ने काम गर्दै आएका छन् । बाह्र वर्षअघि तीन वर्ष विदेश बसेर फर्कनुभएका सिग्देलसँग तालिम लिएका ३२ जनाले चितवन र आसपासका क्षेत्रमा शैलुन सञ्चालन गर्दै आएका छन् ।

    उनले भने, “यहाँ सिकेर नेपाल र विदेशमा अरुको सैलुनमा काम गर्ने धेरै छन् ।” विभिन्न सङ्घ संस्थाको साझेदारीमा धेरै तालिम सञ्चालन गरेको उनी बताउँछन् । नीजि खर्चमा तालिम लिन आउनेहरु पनि प्रसस्तै हुने गरेका छन् । पछिल्ला वर्षहरुमा शैलुन सुरु गरेको दिन पारेर निःशुल्क तालिम समेत दिने गरेको उनले बताए ।

    यस वर्ष उनले १०१ जना युवालाई निःशुल्क सीपमूलक तालिम घोषणा गरेका छन् । सिग्देलले आफ्नो कम्पनी पपुलर जागरण प्रालिले स्थापना दिवसको अवसर पारेर युवालाई निःशुल्क सीपमूलक तालिम दिने घोषणा गरेका छन् । पपुलरले सामाजिक उत्तरदायित्वअन्तर्गत कपाल काट्ने, उद्घोषण, कपडाको झोला बनाउने, टपरी बुन्ने र लागुऔषध दुव्र्यसनीसम्बन्धी सचेतनामूलक तालिम दिन लागेको उनले बताए ।

    कपाल काट्ने तालिम २१ जना, उद्घोषण तालिम २० जना, कपडाको झोला बनाउने तालिम २० जना, टपरी बुन्ने तालिम २० जना र लागुऔषध दुव्र्यसनी न्यूनीकरणसम्बन्धी तालिम २० जनाभन्दा बढीलाई दिइने उहाँले बताए।

    “नेपालमै स्वरोजगार बन्न चाहानेका लागि प्राथमिकतामा राखिनेछ”, उनले भने, “विदेश पलायन हुनेक्रमलाई केही हदसम्म भए पनि कम गर्न सहयोग पुग्नेछ ।”

    सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई टपरी बुन्ने तालिम दिइने उनले बताए । “विद्यार्थीदेखि विदेश गएर फर्किएका युवायुवतीलाई लक्षित गरी हामीले तालिम दिन लागेका हौँ”, उनले भने, “सबै तालिमहरु हामीले एक महिनाभित्र दिइसक्छौँ ।” नब्बे घण्टा लामो कपाल काट्ने तालिम एक महिनामा सक्ने लक्ष्य रहेको उनले बताए । व्यावसायिक रुपमा कपाल काट्ने तालिम लिने एक जनाबाट रु ३० हजार लिने गरिएको उनले बताए । रासस

    Post Views: 182
    • विदेशी सीप
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.