• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

१५७ रोपनीमा सुन्तलाखेती विस्तार

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ७, बुधबार १३:४५ प्रकाशित
    default
    • अ-
    • अ
    • अ+

    दमौली (तनहुँ)- जिल्लास्थित कृषि ज्ञान केन्द्रले १५७ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको छ । आर्थिक वर्ष २०८१/८२ को कार्यक्रमअनुसार केन्द्रले उक्त क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको हो ।

    केन्द्रले ब्लक विकास कार्यक्रमअन्तर्गत भिमाद नगरपालिका–९ स्थित अस्पाग्दी सुन्तला विकास कृषक समूहमार्फत तीन हजार १५० सुन्तलाका बोट लगाइएको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । उनका अनुसार यस कार्यक्रमका लागि रु १४ लाख ५० हजार बजेट विनियोजन गरिएकामा रु सात लाख ४८ हजार खर्च भएको छ ।

    यस कार्यक्रमअन्तर्गत सहकारीलाई आठ मिनीटिलर, सात स्प्रेयर, पाँच आरी, दश सिकेचर, दश ट्याक्टर गोठेमल वितरण गरिएको जनाउँदै उहाँले तीन पोखरी र चार सिँचाइ ट्याङ्की निर्माण गरिएको बताए ।

    यसैगरी, केन्द्रले सोही आर्थिक वर्षमा १९ वटा सहकारीमार्फत फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण सहयोग कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका लागि रु १५ लाख बजेट विनियोजन गरिएकामा रु १० लाख ४० हजार वितरण गरिएको लामिछानेले जानकारी दिए । उनका अनुसार कार्यक्रममार्फत ३८१ रोपनी क्षेत्रफलमा लगाइएका फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण भएको छ ।

    यस कार्यक्रममार्फत ५० किलो चुना, ४० किलो नीलोतुथो, २६० किलो ‘रेडिमेड पेष्ट’, एक लाख ९४ हजार ८०० किलो गोबर मल, ३०० किलो पिना, तीन हजार १०० मिटर सिँचाइ पाइप, आठ ब्रस कटर, दुई मिनीटिलर, ६० आरी, एक मोटर र एक तराजु वितरण गरिएको छ ।

    फलफूल बगैँचा स्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत ४१४ रोपनी क्षेत्रफलमा नयाँ फलफूल बगैँचा स्थापना गरिएको केन्द्रले जनाएको छ । कार्यक्रम सञ्चालनका लागि २० कृषक समूह छनोट भएका गरी रु ३० लाख बजेटमध्ये रु १३ लाख ५३ हजार खर्च भएको लामिछानेले जानकारी दिए ।

    यस कार्यक्रमबाट सुन्तला कलमी एक हजार २७२, सुन्तला बिजु तीन हजार २५०, कागती कलमी ४६०, कागती बिजु ७९०, निबुवा ४६०, एभोकाडो १६०, लिची १६७, मेवा ८२०, केरा ५२८, ड्रागन एक हजार ५०० र अन्य बिरुवा ३२९ रोपिएका छन् ।

    सुन्तलाजात फलफूल बगैँचा सुदृढीकरण कार्यक्रमअन्तर्गत सात हजार ९२५ रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाजात फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण गरिएको छ । यसका लागि रु ६० लाख बजेट रहेकामा रु ३९ लाख ८८ हजार खर्च भएको र ७० कृषक समूह लाभान्वित भएको केन्द्रले जनाएको छ । रासस

    Post Views: 148
    • सुन्तला
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.