• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

रूस र युक्रेनबीच टर्कीमा आज तेस्रो चरणको वार्ता हुँदै, होला त युद्ध अन्त्य ?

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ७, बुधबार ०८:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    इस्तानाबुल- रुस र युक्रेनबीच आज अर्थात जुलाई २३ मा नयाँ शान्ति वार्ता हुँदैछ ।

    बुधवार हुन लागेको वार्ता यसअघिका दुई चरणको वार्तापछि तेस्रो पटक हुन लागेको हो । जसमा उनीहरुको युद्ध अन्त्य गरी शान्ति सम्झौतामा पुग्ने बाटोमा निकै कम प्रगति भएको थियो ।

    टर्की सरकारका प्रवक्ताले वार्ता इस्तानबुलमा हुने बताएका छन् । यो त्यही ठाउँ हो जहाँ यसअघि मे र जुनमा वार्ता भएको थियो तर दुई चरणको यो वार्ता पछि पनि कुनै सफलता हासिल हुन भने सकेको थिएन, सोही क्रममा आज तेस्रो चरणमा वार्ता हुन लागेको हो  ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई सम्झौतामा सहमत हुनु दबाब दिएका छन, उनको भाषामा ५० दिनको समय भित्र समाधान नखोजिएमा थप प्रतिबन्धको सामाना गर्नुपर्ने भन्दै दबाब बढाइरहेका छन ।

    तर, रसियाले शान्ति सम्झौतामा सहमत हुने बारेमा धेरै कम आशा व्यक्त गरेको छ। रुसको यो प्रतिक्रियाको केही घण्टा पछि जेलेन्स्कीले तेस्रो चरणका वार्ता हुन लागेको गत सोमवार घोषणा गरेका थिए ।

    वार्ताको नयाँ चरणको उनको घोषणा रूसले युक्रेनको राजधानी कीभमा नयाँ आक्रमणहरू सुरु गरे पछि आएको थियो, जसले धेरै आगो निम्त्यायो र भूमिगत हवाई आक्रमण आश्रयहरूलाई क्षति गरेको थियो, जहाँ नागरिकहरूले आश्रय लिइरहेका थिए ।

    ‘आज मैले युक्रेनी सुरक्षा परिषद्का प्रमुख रुस्तम उमरोभसँग टर्कीमा रुसी पक्षसँगको अर्को बैठकको आदानप्रदान र तयारीबारे छलफल गरेको छु,’ जेलेन्स्कीले सोमबार आफ्नो दैनिक सम्बोधनमा भनेका थिए । उमेरोभले बैठक बुधबार बस्ने बताएको पनि उनले जानकारी दिए । जेलेन्स्कीले गत साताको अन्त्यमा नयाँ वार्ताको प्रस्ताव राखेका थिए तर रुसले तुरुन्तै आफ्नो पक्षबाट नयाँ वार्ताको पुष्टि गरेको छैन ।

    सन् २०२२ को फेब्रुअरीमा रुसको हमला पछि त्यहाँ युद्ध चलिरहेको छ। दुई प्रतिद्वन्द्वी राष्ट्रहरू शान्ति सम्झौताका लागि वार्ता गर्न १६ मे र २ जुनमा इस्तानबुलमा नै भेटेका थिए। यसअघि ट्रम्पले पनि सम्झौताका लागि दबाब बढाएका थिए तर कुनै सफलता हात लागिरहेको छैन ।

    अहिलेसम्मको वार्तामा युक्रेन र रुसले कैदी आदानप्रदानमा मात्रै सहमति जनाएका छन् । त्यसयता रुसले युक्रेनमा हवाई आक्रमण तीव्र पारेको छ र थप सीमा क्षेत्र कब्जा गरेको छ। खासमा, रूसले युक्रेनलाई क्रिमियाको थप चार प्रमुख क्षेत्रहरू छोड्न माग गरेको छ, जसलाई रूसले २०१४ मा गाभेको थियो र रूसले युक्रेनलाई नेटो सैन्य गठबन्धनमा सामेल हुने कुनै पनि विचार त्याग्न पनि जोड दिएको छ।

    यद्यपि, युक्रेनले भने रूसको सो माग अस्वीकार गरिररहेको छ ।

    Post Views: 173
    • युक्रेन
    • रूस
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.