• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

जहाँ ७ सय रोपनी जग्गामा फलिरहेको छ अनार

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ६, मंगलवार ११:१७ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    डडेल्धुरा- डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का कृषकले व्यावसायिक रूपमा अनारखेती गरेर वार्षिक रु ५० लाख कमाउने लक्ष्य राखेका छन् । अजयमेरु-२ स्थित बडीमा बाँझो रहँदै आएको सात सय रोपनी जमिन अहिले अनारका बोटले भरिएको छ ।

    वार्षिक रु ५० लाख आम्दानी गर्ने लक्ष्यसहित यहाँका कृषकले व्यावसायिक अनारखेती सुरु गरेका हुन् । महादेव अनारखेती समूहले स्थानीय किसानलाई सङ्गठित गर्दै रु २० हजार वार्षिक भाडा तिरेर उक्त जमिन उपयोगमा ल्याइएको हो ।

    दश महिनाअघि रोपिएका १० हजार अनारका बिरुवामध्ये हालसम्म आठ हजारभन्दा बढी बिरुवा सप्रिएका अनारखेती समूहले जनाएको छ । यसै वर्षदेखि फल दिन थालिसकेका जनाउँदै समूहका अध्यक्ष मदनराज पनेरुले बिरुवा रौतहटबाट मगाइएको बताए ।

    जिल्लास्थित कृषि ज्ञान केन्द्र र समूहको संयुक्त आर्थिक लगानीमा सञ्चालित यो आयोजनामा अहिलेसम्म रु ६५ लाख लगानी भइसकेको अध्यक्ष पनेरुले जानकारी दिए । उहाँका अनुसार स्थानीय सरकार र कृषकको सहकार्यमा सञ्चालन भएको यस कार्यक्रमलाई कृषि पर्यटनसँग जोड्दै थप प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।

    बृहत् अनारखेती कार्यक्रमलाई कृषि पर्यटनका रूपमा विकास गर्ने प्रयास थालिएको अजयमेरु–२ का वडाध्यक्ष शिवराज भट्टले बताए । बडीमा सुरु गरिएको बृहत् अनारखेती परियोजना भविष्यमा कृषि पर्यटनको आकर्षक गन्तव्य बन्नसक्ने उनको भनाइ छ ।

    कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले सो क्षेत्र अनारखेतीका लागि उपयुक्त भएकाले ‘अनारखेतीको जोन’ का रूपमा आगामी दिनमा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

    किसानले लगाएको अनार फल्न सुरु भएकाले सो क्षेत्र व्यावसायिक अनारखेतीका लागि उपयुक्त मानिएको उनले बताए । उहाँका अनुसार अनार दुई हजार मिटर अग्लो स्थानसम्म फल्ने गर्दछ । रासस

    Post Views: 170
    • अनार
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.