• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

१० वर्षदेखि विकासको बाटो कुर्दै बसेका बेतौनावासी

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ६, मंगलवार ०९:४२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    सिरहा- गोलबजार नगरपालिका–१२ स्थित बेतौना पालटोलका बासिन्दा पछिल्लो १० वर्षदेखि विकासको बाटो कुर्दै बसेका छन् । दुईपटक स्थानीय निर्वाचन सम्पन्न भइसकेको भए पनि यहाँका बासिन्दाले अझै विकासको स्वाद चाख्न पाएका छैनन् ।

    एक सयभन्दा बढी घरपरिवार रहेका यो बस्तीमा न बाटो मर्मत भएको छ, न खानेपानी, न त अन्य कुनै पूर्वाधार निर्माण नै । वरपरका गाउँमा सडक ढलान, मन्दिर, पाहुनाघर, विद्युतीकरणजस्ता सम्पन्न भइसके पनि पालटोलमा भने अहिलेसम्म विकासका नाममा एक चपेटा माटोसमेत हालिएको छैन ।

    विकासका नाममा राज्यका विभिन्न सरकारी निकाय तथा जनप्रतिनिधिबाट सधैँ उपेक्षा गरिएको भन्दै स्थानीय पूर्वशिक्षक शम्भु राउत भन्छन्, “हामी विपक्षी ठहरिएका छौँ, त्यसैले जनप्रतिनिधिले नजरअन्दाज गरे । पटकपटक वडाबाट पालिकासम्म गुहार गर्दा पनि हाम्रो आवाज सुन्ने कोही छैन ।”

    बस्तीका ७८ वर्षीय सुकदेव राउतको गुनासो उस्तै छ । उनी भन्छन्, “अब त पानी पनि अरूकहाँबाट ल्याएर पिउनुपरेको छ ।” अन्य स्थानीयहरूले पनि बस्तीलाई दलगत राजनीतिले विभाजित गरेर विकासबाट टाढा राखिएको आरोप लगाएका छन् ।

    यसबारेमा वडाध्यक्ष गणेशकुमार मुखिया भन्छन्, “बजेट अभावका कारण काम ढिलो भएको हो । हामीले पालटोललाई बेवास्ता गरेका होइनौँ । सडक ढलानको काम एकैपटक मिलाएर प्रभावकारी बनाउने सोच छ, त्यसैले केही समय लागिरहेको हो । विकास गर्न हामी पनि इच्छुक छौँ, तर स्रोत साधनले सीमित बनाएको छ ।”

    नगरप्रमुख श्यामकुमार श्रेष्ठले पालटोलको अवस्थाबारे जानकारी रहेको भन्दै नगरपालिकाले सम्भव भएसम्म छिट्टै पूर्वाधार विकास गर्ने योजना बनाइरहेको बताए । “हामीलाई पालटोलका समस्या थाहा छ, बजेट र प्राथमिकताको आधारमा पालिकाभित्रका सबै वडामा विकासको सन्तुलन मिलाउने कोसिस गर्दैछौँ”, उनले भने, “यसपालिको नीति तथा कार्यक्रममा पनि पालटोललाई समेट्ने प्रयास गरिएको छ ।”

    तर १० वर्षसम्मको प्रतीक्षा, गुहारी, माग र आश्वासनबीच पनि काम नहुनु अब पालटोलवासीका लागि पीडाभन्दा पनि चिन्ताको विषय बन्न थालेको छ । रासस

    Post Views: 227
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.