• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

एक वर्षमा ३० हजार पर्यटक पुगे घोडेपानी-पुनहिलमा

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ६, मंगलवार ०९:२३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    धौलागिरि (म्याग्दी)- जिल्लाको पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका-६ स्थित घोडेपानी-पुनहिल क्षेत्रमा एक वर्षमा ३० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् ।

    राउण्ड अन्नपूर्णअन्तर्गत प्रसिद्ध पर्यटकीयस्थलमा कास्कीको पोखरा-नयाँपुल, घान्दु्रक हुँदै घोरेपानी र यता म्याग्दी सदरमुकाम बेनी-तातोपानी, घार, शिख हुँदै घोरेपानी र नागीलगायत क्षेत्रमा गत आर्थिक वर्ष २०८१/८२ मा ३० हजार ८८५ पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ ।

    समुद्री सतहबाट तीन हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिलबाट सूर्योदय तथा मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सवारीसाधन तथा पदैलमार्गबाट घोडेपानी हुँदै जाने गरिन्छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले दिएको जानकारीअनुसार घोडेपानीमा आगमन भएका पर्यटक २३ हजार ८६८ जनामध्ये पुरुष १२ हजार ३९६ जना र महिला ११ हजार ४७२ जना रहेका छन् । घोडेपानी र पुनहिल आसपासको अवलोकन गरी बाहिरिने छ हजार ९९७ जनामध्ये पुरुष तीन हजार ६२१ जना र महिला तीन हजार ३७६ जना रहेका छन् ।

    घोडेपानी र पुनहिलमा सबैभन्दा बढी पर्यटक कात्तिक महिनामा चार हजार २१३ जना रहेकामा सबैभन्दा कम असारमा ४४९ छन् । पर्यटक प्रहरी चौकी घोडेपानीले घोडेपानी भित्रिने र बाहिरिने पर्यटकको विवरणसहितको अभिलेख राख्दै आएको छ ।

    घोडेपानीमा विदेशीसँगै आन्तरिक पर्यटकले भ्रमण गर्ने गरेका घोडेपानी होटल व्यवस्थापन समितिकी अध्यक्ष मिना पुनले बताए । “सडक सञ्जाल बिग्रिएकाले आन्तरिक पर्यटकको सङ्ख्या घटेको छ, सडकलाई सहज बनाउन सकेमा धेरै पर्यटक ल्याउन सकिन्छ”, उनले भने ।

    पोखरेबगरबाट घार-खिवाङ-शिख-चित्रे सडकअन्तर्गत अन्नपूर्ण-५ घोप्टेखर्कमा सडक अहिले पनि सहज छैन । घोडेपानी जाने पर्यटकले प्रयोग गर्ने पोखरेबगर-चित्रे-घोडेपानी सडकअन्तर्गत लुलिया र हल्लेखर्कको घुम्तीमा सडक भासिएपछि यात्रुवाहक बस सञ्चालन हुन नसक्दा अघिल्लो वर्ष आन्तरिक पर्यटकको सङ्ख्यामा कमी आएको समितिकी अध्यक्ष पुनले जानकारी दिए । म्याग्दीमा घोडेपानीबाहेक अन्य पर्यटकीयस्थलमा गएका विदेशी पर्यटकको स्थानीय प्रहरी, सरकारी निकायले तथ्याङ्क राख्ने गरेका छैनन् । रासस

    Post Views: 236
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै
    वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो
    सवारी दुर्घटनामा घाइते प्रहरी निरीक्षक लामाको मृत्यु
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.