काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता गणेश साहले पार्टी छाडेको घोषणा गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन हुनुअघिका सचिवसमेत रहेका साहले अब कुनै पनि पार्टीमा नलाग्ने बताउँछन् ।
‘अब म माओवादीको नेता रहिनँ, सदस्य पनि रहिनँ’ पूर्वमन्त्रीसमेत रहेका साहले भने ‘माओवादीमा मात्रै होइन, अब म कुनै पनि पार्टीमा रहन्न ।’
पार्टीले एकताको सन्देश प्रवाह गर्न नसकेकाले आफूलाई माओवादीमा बस्न उचित नलागेको बताएका छन् ।





