काठमाडौँ- सन् २०२६ को टी२० विश्वकप क्रिकेटका लागि एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत ‘सूपर सिक्स’को खेलमा नेपालले ओमानलाई १५२ रनको लक्ष्य दिएको छ।
ओमानमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो।
नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १५१ रन बनायो।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६९ रन बनाए।
सूपर सिक्स अङ्कतालिकामा समान अङ्क पाएका यी दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन्।





