• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँच संस्थामध्ये दुई पूर्ण रूपमा बन्द

  •  नेपाल सन्दर्भ
  • २०८२ आश्विन २९, बुधबार १३:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सिन्धुपाल्चोक- जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका र इलाका प्रहरी कार्यालय मेलम्चीद्वारा मेलम्ची क्षेत्रका निजी स्वास्थ्य संस्था, डेन्टल क्लिनिक , पोलिक्लिनिक , क्लिनिकहरूमा संयुक्त अनुगमन गरिएको छ।

    मंगलबार गरिएको अनुगमनका क्रममा कानूनी प्रक्रिया र स्वास्थ्य मापदण्ड पूरा नगरि सञ्चालित विभिन्न स्वास्थ्य संस्थाविरुद्ध कारबाहीको प्रकृया अगाडि बढाइएको र केहि संस्थालाई मापदण्डमा आउन म्याद दिइएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले जानकारी दिइन् ।

    जनस्वास्थ्य ऐन २०७५ , जनस्वास्थ्य नियमावली २०७७ र बागमती प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) ऐन, २०८१ ,प्रदेश स्वास्थ्य सेवा नियमावली (दोस्रो संशोधन) नियमावली २०८१ अनुसार मापदण्ड पालना नगरेमा कारबाही गरिने उनले बताइन् ।

    अनुगमन टोलीले मेलम्ची बजारमा रहेको इन्द्रावती डेन्टल क्लिनिक प्रा.लि र जुगल डेन्टल क्लिनिकलाई पूर्ण रूपमा बन्द गरेको छ। दुवै संस्थाले स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक अनुमति र मापदण्ड पूरा नगरेको पाइएपछि तत्काल बन्द गरिएको बजगाईंले बताइन् ।

    विगतमा विनायक पोलिक्लिनिक नामबाट सेवा सञ्चालन गर्दै आएको हाल विनायक फार्मेसीको नाममा संचालित फार्मेसीले समेत अवैध रूपमा सञ्चालन गर्दै आएको ल्याब र डेन्टल सेवा पुर्ण रुपमा बन्द गरिएको छ ।

    मेलम्ची पोलिक्लिनिक प्रा.लीले भने संस्था नवीकरणका लागि आवश्यक केही मापदण्ड पूरा नगरेको भन्दै ३० दिने म्याद दिइएको बताइएको छ ।

    त्यस्तै मेलम्चीमा संचालित शिव शक्ति स्वास्थ्य क्लिनिकमा मापदण्ड विपरीत सञ्चालन हुँदै आएको ल्याब र एक्स–रे सेवा बन्द गरिनुको साथै केही सङ्कास्पद स्वास्थ्य सामग्री तथा उपकरणहरू जफत गरिएको छ।

    अनुगमन टोलीले स्वास्थ्य संस्थाहरूले कानूनअनुसार अनुमति प्राप्त गरेर मात्र सेवा सञ्चालन गर्नुपर्ने र बिरामीको स्वास्थ्य सुरक्षासँग खेलवाड गर्न नपाइने चेतावनी दिएको छ । जिल्लाको संयुत्त अनुगमन टोलीले जिल्लाभर अनुगमनलाई तिब्रता दिने जनाएको छ ।

    Post Views: 109
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    मेलम्ची-तिपेनी-भोताङ सडकको शिलान्यास, मन्त्री भन्छन्- भाषण होइन्, काम गरेर देखाउँछु
    मजदुरदेखि सफल व्यावसायिक किसानसम्म जयप्रकाशको प्रेरणादायी यात्रा
    राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित
    ताजा सन्दर्भ
    • १. मेलम्ची-तिपेनी-भोताङ सडकको शिलान्यास, मन्त्री भन्छन्- भाषण होइन्, काम गरेर देखाउँछु

    • २. मजदुरदेखि सफल व्यावसायिक किसानसम्म जयप्रकाशको प्रेरणादायी यात्रा

    • ३. राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित

    • ४. झिसमिसेदेखि साँझ अबेरसम्म काममा भेटिने श्रमिक अधिकृत ‘दर्जी’

    • ५. निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.