• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

आर्थिक उपार्जन गर्न फूल व्यवसाय

  •  नेपाल सन्दर्भ
  • २०८२ आश्विन २९, बुधबार १०:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सिरहा- विदेशी भूमिमा कामको खोजीमा समय बिताएका लहान नगरपालिका–३ का शिवजी महतो अहिले आफ्नै गाउँमा लाखौँ कमाइ गर्न सफल भएका छन् । भारतका विभिन्न सहरमा वषौँदेखि पसिना बगाएका महतोले अहिले सिरहाको लहानमा फूलखेतीमार्फत आम्दानी गरिरहेक छन् ।

    महतोले १४ वर्षअघि दुई कट्ठा जमिनबाट सुरु गरेको व्यावसायिक फूलखेती अहिले दुई बिघामा विस्तार भइसकेको छ । उनले मुख्यतया तिहार पर्व र विवाहको यामलाई लक्ष्य गरी मखमली, सयपत्रीलगायतका फूल उत्पादन गर्दै आएका छन् ।

    “नर्सरीको व्यापार वर्षको केही महिना मात्र चल्ने भएकाले फूलखेती सुरु गरेको हुँ । अहिले फूल र नर्सरी दुवैबाट मनग्य आम्दानी भइरहेको छ”, महतोले भने । हाल उनले नर्सरीमा लिची, आँप, सुनकागतीलगायतका झण्डै ६० हजार बिरुवा उत्पादन गर्दै आएका छन् । फूलखेतीमार्फत मात्र वार्षिक रु २५ लाखसम्मको आम्दानी हुने गरेको उनले बताए । साथै महतोले १० जनालाई रोजगारीसमेत दिएका छन् ।

    लहानमा व्यावसायिक रूपमा फूलखेती सुरु गर्ने पहिलो व्यक्ति मानिने महतो भन्छन्, “विदेशमा जति मेहेनत गरिन्छ, त्यति मेहेनत यहाँ गरे घरमै बसेर कमाइ गर्न सकिन्छ ।” उनले कृषिकर्ममा पुर्याएको योगदानलाई मूल्याङ्कन गर्दै लहान नगरपालिकाले दुईपटक र कृषि ज्ञान केन्द्र सिरहाले दुईपटक ‘उत्कृष्ट कृषक’को सम्मानसमेत प्रदान गरिसकेको छ ।

    “पूर्वमा काकरभिट्टादेखि पश्चिममा दाङबाट फूलको माग हुन्छ”, महतो बताउँछन्, “मागअनुसार प्याकिङ गरेर बसमार्फत पठाउने गर्छु ।” आगामी तिहारमा रु १५ लाखबराबरको फूल बिक्री गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । यद्यपि हालैको लगातार वर्षाले मखमलीमा डढुवा रोग देखिएकाले उत्पादनमा केही असर पर्ने उनको अनुमान छ ।

    महतोले यस वर्षदेखि लहान–१३ मा एक बिघा क्षेत्रफलमा केराखेती पनि सुरु गरेका छन् । कृषिमा निरन्तर लगाव, परिश्रम र प्रतिबद्धताले उहाँ यस क्षेत्रका अरु किसानका लागि प्रेरणाको स्रोत बनाएको छ । रासस

    Post Views: 48
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    मेलम्ची-तिपेनी-भोताङ सडकको शिलान्यास, मन्त्री भन्छन्- भाषण होइन्, काम गरेर देखाउँछु
    मजदुरदेखि सफल व्यावसायिक किसानसम्म जयप्रकाशको प्रेरणादायी यात्रा
    राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित
    ताजा सन्दर्भ
    • १. मेलम्ची-तिपेनी-भोताङ सडकको शिलान्यास, मन्त्री भन्छन्- भाषण होइन्, काम गरेर देखाउँछु

    • २. मजदुरदेखि सफल व्यावसायिक किसानसम्म जयप्रकाशको प्रेरणादायी यात्रा

    • ३. राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित

    • ४. झिसमिसेदेखि साँझ अबेरसम्म काममा भेटिने श्रमिक अधिकृत ‘दर्जी’

    • ५. निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.