• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

५० वर्षदेखि बसोबास गर्दै आएको जग्गाको स्वामित्व अझै पाइएन

  •  नेपाल सन्दर्भ
  • २०८२ आश्विन २३, बिहीबार १३:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+
    कञ्चनपुर- कृष्णपुर नगरपालिका–३ का बासिन्दाले ५० वर्षदेखि चलनभोग गर्दै आएको जग्गाको स्वामित्व अझै पाउन सकेका छैनन् । तत्कालीन सुकुम्बासी आयोगले सेतो जग्गाधनी प्रमाण–पूर्जा वितरण गरे पनि त्यसले मान्यता नपाउँदा स्थानीय बासिन्दा स्वामित्वबिहीन अवस्थामा रहेका हुन् ।
    जग्गाको स्वामित्व नपाउँदा स्थानीयले आफ्नो जग्गा बैङ्कमा धितो राखेर कारोबार सुरु गर्न, उद्यमशीलता कार्यक्रम अघि बढाउन र सरकारी सहुलियत पाउन नसकेको बताएका छन् । स्थानीय गङ्गाराम चौधरीका अनुसार विसं २०६७ सालमा तत्कालीन सुकुम्बासी आयोगले नापनक्सा गरी राजस्व बुझाएर जग्गा रजिष्ट्रेसनसहित पूर्जा उपलब्ध गराएको थियो । “त्यो पूर्जालाई कानुनी मान्यता नदिँदा अझै स्वामित्वबिहीन बन्न पुगेका हौँ”, चौधरीले भने ।
    हालै विघटन भएको भूमि आयोगले पुनः नापनक्सा गरी रजिष्ट्रेसनको काम सम्पन्न गरेको र राजस्व पनि बुझाइसकेका भए पनि पूर्जामात्र वितरण हुन बाँकी रहेको स्थानीय दिपक खत्रीले जानकारी दिए । उनका अनुसार मालपोत कार्यालयका कर्मचारीको ढिलासुस्तीका कारण पूर्जा वितरण प्रक्रिया अघि बढ्न सकेको छैन ।
    सेतो पूर्जा प्राप्त गरे पनि मान्यता नपाएका वडाका ९१ परिवारसँग झण्डै ९० हेक्टर क्षेत्रफलको जग्गा रहेको खत्रीले बताए । ती परिवारले हालको भूमि आयोगमा राजस्ववापत रु १३ लाखभन्दा बढी रकम बुझाइसकेका छन् । स्थानीय अझै पनि पूर्जा नपाउँदा जग्गाको कानुनी स्वामित्व सुरक्षित गर्नबाट वञ्चित भएका छन् ।
    जग्गाको स्वामित्व नपाएका जग्गाधनी किसानले प्रमुख जिल्ला अधिकारी, मालपोत कार्यालय प्रमुख, नापी कार्यालय प्रमुख र भूमि आयोगका पदाधिकारीसँग भेट गरी तत्काल पूर्जा उपलब्ध गराउन माग गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा पालिका प्रमुखको सहभागितामा बसेको सरोकारवालाको बैठकले जग्गाधनी पूर्जा वितरणका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाएको खत्रीले बताउनुभयो । प्रतिबद्धता जनाएका छन् तर प्रक्रिया अझै अगाडि नबढेको उनको भनाइ छ ।
    स्थानीय बासिन्दाले विसं २०३२ देखि बसोवास गर्दै आएको जग्गा चलनभोग गर्दै आएका छन् । “आयोग गठन र विघटनको पुनरावृत्तिका कारण जग्गाको स्वामित्व पाउन नसकेका हौँ”, स्थानीय लक्ष्मण कार्कीले भने, “निरन्तर अन्योलमा पर्दै आएका छौँ ।” स्थानीय बासिन्दाले तत्काल पूर्जा वितरण गरी दीर्घकालीन समाधानका लागि सरकारले ठोस पहल गर्नुपर्ने माग गरेका छन् । रासस
    Post Views: 152
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.