• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

फ्रान्सबाट बेलायत जान खोज्ने क्रममा दुई आप्रवासीको मृत्यु, दर्जनौंको उद्धार

  •  नेपाल सन्दर्भ
  • २०८२ आश्विन ११, शनिबार १६:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लिल, फ्रान्स- फ्रान्सबाट सानो डुङ्गामार्फत बेलायत जान प्रयास गर्ने क्रममा दुई आप्रवासीको ज्यान गएको छ । अधिकारीहरूका अनुसार करिब १०० जना सवार रहेको डुङ्गा दुर्घटनामा परेपछि दर्जनौं अन्य व्यक्तिहरूलाई सकुशल उद्धार गरिएको छ ।

    दुर्घटना न्यूफशातेल–हार्डेलोट नजिकको समुद्री क्षेत्रमा शुक्रबार रातिको समयमा भएको हो । मोन्ट्रेयू–स्यु–मेयर क्षेत्रकी अधिकारी इसाबेल फ्रादिन–थिरोडले जानकारी दिँदै भन्नुभयो,“अहिले करिब ६० जनालाई सुरक्षापूर्वक उद्दार गरी हेरचाहमा राखिएको छ ।”
    यो घटनासँगै सन् २०२५ को सुरुवातदेखि अहिलेसम्म इंग्लिश च्यानल पार गर्ने क्रममा मृत्यु हुने आप्रवासीहरूको सङ्ख्या कम्तीमा २५ पुगेको एएफपीले आधिकारिक तथ्याङ्कका आधारमा जनाएको छ ।

    यस वर्ष मात्रै झण्डै ३१ हजार आप्रवासी साना डुङ्गाबाट बेलायत पुगिसकेका छन्, जुन हालसम्मकै रेकर्ड हो ।

    हालै फ्रान्स र बेलायतबीच भएको आप्रवासी व्यवस्थापनसम्बन्धी सहमति अनुसार, शरणको लागि अयोग्य ठहरिने व्यक्तिहरू ‘सुरक्षित मुलुक’ हुँदै बेलायत पुगेका छन् । उहाँहरूलाई बेलायतले फ्रान्स फर्काउन सक्नेछ । यसको सट्टामा, फ्रान्समा रहेका र शरणको लागि योग्य ठानिएका व्यक्तिहरूलाई बेलायतले स्वीकार गर्ने सहमति भएको छ । (एएफपी)

    Post Views: 62
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    मेलम्ची-तिपेनी-भोताङ सडकको शिलान्यास, मन्त्री भन्छन्- भाषण होइन्, काम गरेर देखाउँछु
    मजदुरदेखि सफल व्यावसायिक किसानसम्म जयप्रकाशको प्रेरणादायी यात्रा
    राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित
    ताजा सन्दर्भ
    • १. मेलम्ची-तिपेनी-भोताङ सडकको शिलान्यास, मन्त्री भन्छन्- भाषण होइन्, काम गरेर देखाउँछु

    • २. मजदुरदेखि सफल व्यावसायिक किसानसम्म जयप्रकाशको प्रेरणादायी यात्रा

    • ३. राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित

    • ४. झिसमिसेदेखि साँझ अबेरसम्म काममा भेटिने श्रमिक अधिकृत ‘दर्जी’

    • ५. निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.