काठमाडौँ- चीनले दोस्रो विश्वयुद्धताकाको विजयको वार्षिक उत्सवको अवसरमा राजधानी बेइजिङमा शक्ति प्रदर्शन गरेको छ । बुधबार तियानमेन स्क्वायरमा आयोजित सैन्य परेड भएको हो ।
‘भिक्ट्री–डे’को अवसरमा आयोजित यस कार्यक्रममा चिनियाँ सेनाले अत्याधुनिक मिसाइल, हवाई प्रतिरक्षा प्रणाली, बम वर्षक लडाकु विमान र ट्यांकसहितका हातहतियार प्रदर्शन गरेका छन् । बेइजिङको आकासमा १४ रंग छर्दै जे–१० एरोबेटिक्स विमानले एयर सो प्रदर्शन गरेका छन् ।
त्यस्तै उक्त समारोहमा रूसी राष्ट्रपति भ्लादिमर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उन पनि सहभागी थिए । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन् ।








































