• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

कर्णाली यशभिसबाट ‘एभरेस्ट महिला भलिबल लिग’ खेल्ने ३ महिला खेलाडी नेपाल आइपुगे

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र १७, मंगलवार १२:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- पोखरामा हुने ‘एभरेस्ट महिला भलिबल लिग’मा सहभागी हुन ग्रिसका एक र ब्राजिलका दुई महिला खेलाडी नेपाल आइपुगेका छन् ।

    सोमबार काठमाडौं ओर्लिएका उनीहरू आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने लिगमा कर्णाली यशभिसबाट खेल्नेछन् । ग्रिसका राष्ट्रिय महिला भलिबल खेलाडी ‘इभान्जेलिया चान्टाभा’ सोमबार विहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ओर्लिइन् भने ब्राजिलियन खेलाडी द्धय ‘आना फ्लाभिया’ र ‘मायरा भिटोरिया’ पनि सोमबार साँझ नेपाल आइपुगिन् ।

    सन् २००५ देखि व्यवसायिक खेल जीवन सुरु गरेकी चान्टाभाले ग्रिसका अलवा इटली, टर्की, थाइल्याण्ड, रोमानिया, ब्राजिल, इण्डोनेसिया, जापान लगायतका देशको विभिन्न क्लबमा आबद्ध भएर खेलिसकेकी छन् ।

    खेल जीवनमा उनको टिम दर्जनौ पटक विजेता बनेको छ भने दर्जनौं अवार्ड समेत पाइसकेकी छन्। आउटसाइट हिटर चान्टाभाका लागि नेपाली क्लब र मैदान पहिलो हो। सुरुवाती वर्षमा ब्राजिलबाट व्यावसायिक भलिबल खेलेकी आनाले स्पेन, स्लोभाकिया, चेक गणराज्य, हंगेरी र स्विजरल्याण्डबाट खेलिसकेकी छन्। स्लोभाकिया र स्पेनमा उनी उत्कृष्ट सेटर घोषित भएकी थिइन् ।

    मायरा भिटोरिया पनि अनुभवी खेलाडीभित्र पर्दछिन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनीहरुले नेपालमा आएर भलिबल खेल्न पाउँदा खुसी लागेको र कर्णाली यशभिसलाई दोस्रो पटक च्याम्पियन बनाउने दाबी पेश गरे ।

    Post Views: 65
    • एभरेष्ट महिला भलिबल लिग
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    मेलम्ची-तिपेनी-भोताङ सडकको शिलान्यास, मन्त्री भन्छन्- भाषण होइन्, काम गरेर देखाउँछु
    मजदुरदेखि सफल व्यावसायिक किसानसम्म जयप्रकाशको प्रेरणादायी यात्रा
    राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित
    ताजा सन्दर्भ
    • १. मेलम्ची-तिपेनी-भोताङ सडकको शिलान्यास, मन्त्री भन्छन्- भाषण होइन्, काम गरेर देखाउँछु

    • २. मजदुरदेखि सफल व्यावसायिक किसानसम्म जयप्रकाशको प्रेरणादायी यात्रा

    • ३. राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित

    • ४. झिसमिसेदेखि साँझ अबेरसम्म काममा भेटिने श्रमिक अधिकृत ‘दर्जी’

    • ५. निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.