काठमाडौं– रियाल मड्रिडले स्पेनिस ला लिगामा आफ्नो विजयी यात्रालाई लगातार तेस्रो खेलसम्म पनि कायम राखेको छ।
शनिबार रियालले मायोर्काविरुद्ध २–१ को पुनरागमन जित निकाल्यो ।
स्यान्टियागो बर्नाबेउमा घरेलु टोली रियाललाई जित दिलाउन आर्दा गुलर र भिनिसियस जुनियरले गोल गरे । मायोर्काका लागि वेदत मुरिकीले गोल गरे ।
खेलको १८औं मिनेटमा मुरिकीको गोलमार्फत मायोर्काले अग्रता लिएको थियो । ३७औं मिनेटमा गुलरले रियाललाई बराबरीमा ल्याए ।
त्यसको एक मिनेटपछि नै जुनियरले रियाललाई २–१ ले अगाडि बढाएका थिए ।
जितसँगै तीन खेलमा ९ अंक जोडेको रियाल शीर्षस्थानमा उक्लिएको छ । पराजित मायोर्का समान खेलबाट एक अंकका साथ १८औं स्थानमा छ ।





