• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

प्रचण्डको शान विगतको जस्तो अहिले रहेन : प्रचण्ड

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र १४, शनिबार १७:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो र पार्टीप्रति जनताको बुझाइ पहिलेको जस्तो नभएको बताएका छन् ।

    शनिबार पार्टीको दलित मुक्ति मोर्चाले काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै उनले प्रचण्ड भनेपछि पहिले मानिसहरूको दिमागमा आउने चित्र र अहिलेमा फरक रहेको बताएका हुन् ।

    ‘हिजो जनयुद्ध गरेर शान्ति प्रक्रियामा आउँदा संगठन त त्यति ठूलो होइन । तर राप थियो, ताप थियो, वाइसीएल थियो, सेना थियो । क्यान्टेनमेन्ट भए पनि बन्दुक नै थियो । म चुनावमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई वटा गाडी अघिपछि राखेर भोट हाल्न जाने त्यो बेलाको प्रचण्ड भनेपछि मान्छेले कस्तो बुझ्थ्यो भन्नुस् त । अहिले त …..छैन,’ उनले भने ।

    यद्यपि फेरि जनमुक्ति सेना बनाउनुपर्ने भनाइ आफ्नो नरहेको पनि उनले बताए।

    तर पार्टीलाई पहिलेको जस्तै शक्तिशाली बनाउनुपर्ने उनले बताए ।

    त्यसका लागि पार्टी एकढिक्का भएर सडकमा जानुपर्ने अध्यक्ष प्रचण्डले बताए ।

    अध्यक्ष प्रचण्डले ऐन र प्राधिकरण बनाएर मात्रै दलितहरूको अधिकार सुनिश्चित नहुने बताए ।

    ‘हामी आन्दोलनमा जाने हो । बरु अब एक पटक फेरि जेल, नेल, यातना खान पनि तयार हुने अब । नत्र सजिलै माथिबाट नियम बनाइदिने नेताहरुले, सदनबाट बल गरेर दलित ऐन बनाइदिने, प्राधिकरण बनइदिने अनि मुक्ति पाइन्छ भन्न थालियो भने अधिकार पाइँदैन । हामीलाई शक्ति चाहिन्छ,’ उनले भने।

    चाडपर्व सकिएपछि सडकलाई नै मुख्य रुपमा प्रयोग गरेर अघि बढ्ने पनि उनले बताए ।

    Post Views: 254
    • नेकपा माओवादी केन्द्र
    • प्रचण्ड
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.