मेरो नेतृत्वमा हालसम्मकै सबैभन्दा बढी विद्युत् निर्यातको इतिहास रच्न सफल भएका छौँ ।
हाल भारत र बंगलादेशलाई गरी दैनिक १,१३० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ ।
यदि यही दरमा वार्षिक निर्यात कायम राख्न सकिने हो भने नेपालले करिब ८६ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्नेछ, जसअन्तर्गत ९ अर्ब ९० करोड ६ लाख युनिट विद्युत् बिक्री हुनेछ ।
उर्जा मार्गचित्र -२०८१ सहित पहिलो चोटि हामीले दीर्घकालीन स्पष्ट लक्ष्य तय गरेका छौ — सन २०३५ सम्म नेपालमा कुल २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसमध्ये १५,००० मेगावाट निर्यात गर्ने, यस अन्तर्गत भारतलाई १०,००० मेगावाट र बंगलादेशलाई ५,००० मेगावाट निर्यात गर्ने ठोस योजना तयार भएको छ ।
हालसम्म नेपालले भारत र बंगलादेश गरि ११३० मेगावाट बढी विद्युत् निर्यात गरिरहेका छौ , जुन नेपालको ऊर्जा आत्मनिर्भरता, दिगो आर्थिक विकास र क्षेत्रीय ऊर्जा सहकार्यतर्फको महत्वपूर्ण कदम हो ।
यस ऐतिहासिक यात्रामा अमूल्य योगदान र साथ दिनुहुने सम्पूर्ण संघ–संस्था तथा कर्मचारीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
यस यात्रालाई अझ सफल बनाउन सबै पक्षको एकता, सहकार्य र साझा प्रतिबद्धता अपरिहार्य छ ।
हामी सबैकै समन्वय र संयुक्त प्रयासमार्फत आगामी दशकभित्र नेपाललाई ऊर्जा उत्पादन र निर्यातको क्षेत्रीय शक्ति राष्ट्र बनाउने हाम्रो लक्ष्य अवश्य पूरा हुनेछ भन्ने दृढ विश्वास लिएको छु ।
खड्का ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री हुन् ।





