• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

ड्रिमी र रेन्बोको सहकार्यमा दुई विद्यालयलाई स्मार्ट बोर्ड र कम्प्युटर सहयोग

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र ४, बुधबार १२:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- चिनियाँ प्रविधि कम्पनी ड्रिमी टेक्नोलोजी र रेन्बो भोलेन्टियर क्लबको सहकार्यमा आधुनिक तथा प्रविधियुक्त कक्षा कोठा स्थापनाका लागि काठमाडौFका दुई सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड, कम्प्युटर तथा अन्य शैक्षिक सामग्री वितरण गरिएको छ। सोमबार र मंगलबार कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित श्री मणिलिङ्गेश्वर आधारभूत विद्यालय र रेन्बो आधारभूत विद्यालयलाई उक्त साम्रगी वितरण गरिएको हो।

    ड्रिमीकी कार्यकारी अध्यक्ष लिनि छाउले शिक्षामा प्रविधि थपिँदा सिकाइ प्रभावकारी हुने भन्दै यसले बालबालिकालाई रमाएर पढ्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन्। उनले भनिन्, “माया, सुरक्षा र उमेरअनुसारको सामग्री दिन सकियो भने बालबालिकामा शैक्षिक र बौद्धिक विकास सहज हुन्छ।”

    यस सहकार्यमा करिव ३३० बालबालिकालाई विद्यालय झोला र शैक्षिक सामग्री वितरण गरिनुका साथै दुई थान स्मार्ट बोर्ड र ६ थान कम्प्युटर प्रदान गरिएको रेन्बो क्लबका अध्यक्ष मदन पौडेलले जानकारी दिए।

    उनले भने,“हामीले २०७२ सालको विनाशकारी भूकम्पपछि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छौँ। हाम्रो यस यात्रालाई निरन्तरता दिन विभिन्न समूह, हाम्रो भोलेन्टियर साथीहरू सबैको ठूलो योगदान रहेको छ।” उनले आगामी दिनमा पनि सो कार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

    विद्यालयका प्रधानाध्यापक रमेश दाहालले सहयोगी संस्थाप्रति आभार व्यक्त गरे। उनले भने, “पछिल्लो समय सरकारी विद्यालयमा विद्यार्थी संख्या घट्दो क्रममा छ। तर, प्रविधियुक्त कक्षाले विद्यार्थीलाई आकर्षित गर्दै डिजिटलमैत्री सिकाइमा अघि बढ्न ठूलो सहयोग गर्नेछ।”

    रेन्बो भोलेन्टियर क्लबले सन् २०१८ देखि कागेश्वरी मनोहरा–६ मा सामुदायिक विद्यालय सञ्चालन गर्दै आएको छ। सो विद्यालयमा हाल करिव १८० बालबालिकाले निःशुल्क शिक्षा लिनुका साथै दैनिक खाना–खाजाको सुविधा पाइरहेका छन्। हालै उक्त विद्यालयमा पनि स्मार्ट बोर्डसहित प्रविधियुक्त कक्षा स्थापना गरिएको क्लबले जनाएको छ।

    अध्यक्ष पौडेलले क्लबको प्रारम्भिक यात्राबारे स्मरण गर्दै भने, “हामीले सुरुआतका दुई वर्ष दर्ता नै नगरि काम गर्‍यौं। तर, धेरै साथीहरू जोडिँदै गए, जसले सहजै अघि बढ्न सक्यौं। अहिले हाउस वाइफदेखि विभिन्न क्षेत्रमा काम गर्ने साथीहरू स्वयंसेवकको रुपमा सक्रिय छन्।”

    उनले २०७२ सालको भूकम्पपश्चात् क्लबले विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको र आगामी दिनमा पनि प्रविधियुक्त शिक्षा विस्तारमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

    रेन्बो क्लबका अनुसार प्रविधियुक्त सिकाइ बालबालिकाको आत्मविश्वास र सृजनशीलतामा टेवा पुग्नेछ। सो अवसरमा रेन्बो सामुदायिक विद्यालयकी शिक्षिका प्राश्ना खड्काले समेत सहयोगी कम्पनी र क्लबलाई धन्यवाद दिएकी थिइन्।

    Post Views: 357
    • कम्प्युटर
    • स्मार्ट बोर्ड
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.