काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइएको छ । शनिबार बुद्ध एयरको विमानबाट लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिएको हो ।
नख्खु कारागारमा पार्टीका सांसद, नेता तथा समर्थकहरू पुगेका छन् ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा थिए ।
त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको थियो ।
उनलाई नेपाल आयल निगमको गेटबाट निकालेर नख्खु लगिएको हो ।





