काठमाडौँ- जारी टप एण्ड टी-२० सिरिजमा बंगलादेश ‘ए’ले नेपाललाई जितका लागि १८४ रनको लक्ष्य दिएको छ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको छ ।
बंगलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए भने अफिफ होसेनले अविजित ४८ रन बनाए ।

त्यस्तै नेपालका लागि रिजन ढकालले २ विकेट लिए । सन्दीप लामिछाने, नन्दन यादव र करण केसीले १-१ विकेट लिएका छन् ।
नेपालले यसपछि मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।





