काठमाडौँ- आज साउन महिनाको सोमबार । हिन्दु धर्मावलम्बीहरूको लागि विशेष महत्त्व राख्ने दिन। बिहानैदेखि पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ।
श्रावण महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ भने सोमबारलाई शिवजीको प्रिय वार। यस दिन श्रद्धालुहरू व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने परम्परा पालना गर्छन्। विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने चलन रहेको छ।

काठमाडौँको पशुपतिनाथ मन्दिर। भगवान् शिवको पूजा आराधना गर्न मन्दिर परिसरमा लामबद्ध भएका बसेका भक्तजन ।

साउन महिनाको तेस्रो सोमबार आज काठमाडौँको पशुपतिनाथ मन्दिरमा भगवान् शिवको पूजा आराधना गर्दै भक्तजन ।

साउन महिनाको तेस्रो सोमबार आज काठमाडौँको पशुपतिनाथ मन्दिरमा भगवान् शिवको पूजा आराधना गर्दै भक्तजन ।

लमजुङको मध्यनेपाल नगरपालिकाको करापुटार ईशानेश्वर महादेव मन्दिरमा आज पूजा आराधना तथा दर्शन गर्न लामवद्ध भएका भक्तजन ।

पर्साको राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने श्री १०८ दुग्धेश्वरनाथ महादेव मन्दिरको दर्शन गर्न आएका भक्तजनहरुका लागि बसोबास र खानपानका लागि निर्माण गरिएको अस्थायी संरचना ।

पर्साको राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने श्री १०८ दुग्धेश्वरनाथ महादेव मन्दिरमा पूजा गर्दै भक्तजन । यहाँ छिमेकीमुलुक भारतको विहार राज्य र नेपालका पर्सा, बारा, रौतहट,सर्लाही लगायतका जिल्लाबाट भक्तजन आउने गर्छन् ।

तस्बिरहरू : रासस